पत्रकार महासंघको भवन निर्माणार्थ रु ६३ लाख संकलन, २ वर्षमै भवन सम्पन्न हुने !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत १५ । ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ भन्ने मुल नारा लिएर नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो भवन निर्माण गर्न आर्थिक संकलन अभियान सुरु गरेको आज चैत १५ गते एक वर्ष पुरा भएको छ ।

२०७३ चैत १५ गते देखि उक्त अभियानमा लागेको संघले अहिलेसम्म करिब ६३ लाख रुपैया आर्थिक रकम संकलन गरिसकेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले ईबागलुङलाई जानकारी दिए ।

रु १ करोड ३० लाखको लागतमा निर्माण गरिने भवनको २ तला निर्माण पुरा भैसकेको छ भने अहिले भवनको फिनिसिङ कार्य भैरहेको छ । फिनिसिङ कार्य सकिए लगत्तै बैशाख १ गते अर्थात नयाँ वर्ष २०७५ को सुरुवात सँगै महासंघको कार्यालय आफ्नै भवनमा सर्ने अध्यक्ष शिरिषले बताए । थप एक तला आगामी आर्थिक वर्षमा थप्ने शिरिषले बताए । भवनको लागि आर्थिक अभियान निरन्तर चलिरहेको उनको भनाई छ ।

आफ्नै भवन नहुँदा महासंघले बागलुङ नगरपालिका–२ सिर्जना टोलमा भाडा तिरेर कार्यालय संचालन गरि रहेको छ । अहिले महासंघको भवन निर्माणाधीन अवस्थामा छ । संघले मासिक ७ हजार रुपैया कार्यलय भाडा तिर्दै आएको छ ।

३ वर्षमा निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएका भएपनि २ वर्षमा नै पुरा हुने सम्भावना देखिएको छ । भवन निर्माणकार्यमा धेरैजसो व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।

भवन निर्माणको निम्ती जिल्लाका १० वटै स्थानीय तहहरुबाट आर्थिक सहयोग प्राप्त हुने जानकारी दिँदै ८ ओटा स्थानीय तहबाट आर्थिक सहयोग प्राप्त भैसकेको र २ वटाबाट आउन बाँकी रहेको महासंघले जनाएको छ । भवनको लागि स्थानीय तहबाट २८ लाख ५० हजार सहयोग प्राप्त भएको छ ।

भवनलाई बागलुङ नगरपालिकाबाट १० लाख, तमानखोला गाउँपालिकाबाट ४ लाख, गल्कोट र जैमिनी नगरपालिकाबाट ३–३ लाख, ताराखोला गाउँपालिका र बडीगाड गाउँपालिकाबाट १–१ लाख र निसीखोला गाउँपालिकाबाट ५० हजार रुपैया सहयोग भैसके र ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकबाट आउन बाँकी रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *