Menu

बलेवा बिमानस्थलमा नेपाल एयरलाईन्सको पहिलो नियमित उडान !

बागलुङ २०७४ चैत १५ । बलेवा बिमानस्थलमा नेपाल एयरलाईन्सको बिमानले आज पहिलो नियमित उडान भरेको छ । यो बलेवा बिमानस्थलमा दोश्रो नियमित उडान हो । यस अघी तारा एयरको विमानले पहिलो नियमित उडानको शुभारम्भ गरेको थियो ।

काठमाडौँबाट १२ जना भन्दा बढी यात्रु बोकेर आएको नेपाल एयरलाईन्सले बलेवाबाट काठमाडौँ फर्कदा भने ७ जना यात्रु लिएर उडेको छ ।

स्मरणीयछ, विमानमा न्यूनतम १२ जना भन्दा कम यात्रु भएमा कम यात्रुको भाडा रकम बागलुङ नगरपालिकाले विमान कम्पनिलाई सोधभर्ना गर्नुपर्ने संझौतामा उल्लेख छ । तारा एयरको पहिलो उडानमा पनि बलेवा देखी काठमाडौँ उडान भर्ने यात्रुको संख्या ७ थियो । र नपुग ५ जना यात्रुको भाडा रु ३२ हजार ५ सय नगरपालिकाले विमान कम्पनिलाई सोधभर्ना गर्नुपर्ने समाचार प्रकाशमा आएको थियो।

आजको उडानमा नपुग ५ यात्रुको भाडा रु ६ हजार ३ सयले रु ३१ हजार ५ सय रुपयाँ बागलुङ नगरपालिकाले नेपाल एयरलाईन्सलाई सोधभर्ना गर्नु पर्ने हुन्छ ।

तारा एयरको विमानबाट काठमाडौ बलेवा यात्रा गर्ने यात्रुहरुले प्रति यात्रु रु ६ हजार ७ सय ( रु २ सय उडान शुल्क) र बलेवा देखी काठमाडौ यात्रा गर्दा प्रति यात्रु रु ६ हजार ५ सय १० ( रु १० उडान शुल्क) बुझाउनु पर्छ भने नेपाल एयरलाईन्सको भाडा दर भने तारा एयरको भन्दा प्रति यात्रु २ सय रुपयाँ कम रहेको बताईएको छ ।

बागलुङ नगरपालिकाकाले सम्झौता गरेका दुबै बिमान कम्पनिका बिमानहरुले एक/एक नियमित उडान सन्चालनमा ल्याएकाछन् । यसबाट भविष्यमा नियमित उडान सन्चालनमा आउने विश्वास पलाएको एकजना बलेवालीले ईबागलुङलाई बताए । पहिला दुई उडानहरुमा काठमाडौँका लागि यात्रुहरु कम भएर नगरपालिकाले रु ६४ हजार व्यहोर्नु परेपनि नगरपालिकाले खुट्टा कमाउन नहुने उनको तर्क थियो । पछीपछी यात्रु संख्या बढ्दै जाने उनको विश्वास थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *