Menu

गुल्मी धुवाँखोलामा सार्वजनिक शौचालय निर्माण अभियान

प्रकाश छन्त्याल, बागलुङ/गुल्मी २०७४ चैत १५ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र कालीगण्डकी गाँउपालिका ७ गुल्मी धुवाँखोलाको संयुक्त आयोजनामा सार्बजानिक शौचालय निर्माण कार्य शुरु गरिएको छ ।

कालीगण्डकी गाँउपालिकाद्धारा बिनियोजित २ लाख, पश्चिम नेपाल खानेपानीको तर्फ बाट २ लाख गरि जम्मा ४ रुपैंया बराबरको लगानीमा सार्बजानिक शौचालय निर्माण गर्न थालिएको हो ।

त्यस्तै कालीगण्डकी गाँउपालिका वडा नं ७ छापचौरमा पनि गाँउपालिकाको बिनियोजित २लाख ७० हजार रुपैंया बराबरको सार्बजानिक शौचालय निर्माण गर्न शुरु गरिएको छ । साथै कालीगण्डकी गाँउपालिका वडा नं ७ का वडा सदस्य गोम बहादुर गुरुङको नेतृत्वमा सृजना आमा समुह धुवाँखोला र तमु युवा क्लब धुवाँखोलाले प्रत्यक हप्ताको शुक्रबार र शनिबार टोल,धारो पधेंरा,चोक चौतारी,बाटोघाटो सरसफाई गर्ने अभियान पनि संचालन गर्ने गरेको चिन्ता राम पुनले जानकारी गराए ।

सरसफाई कार्यक्रम अन्तरगत पलास्टिक जस्ता नकुहिने बस्तु जलाउने र सडने कुहिने बस्तुलाई प्राङगारिक मलखादमा सदुपयोग गरिदैं आएका छन ।
सरसफाई तथा निर्माणको कार्यक्रम कालीगण्डकी गाँउपालिका वडा नं ७ भरि नै समग्र रुपमा संचालन गरिएको कालीगण्डकी गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष लोक प्रताप शाहले बताए ।

गुल्मी जिप ब्याबसाय समितीले आफनो सेवा क्षेत्रलाई थप विस्तार गर्दै बागलुङ जिल्ला जैमिनी नगर पालिका वडा न ८, छिस्तीको नेपानेबाट वुटवलका लागि नियमित विहान ७ बजे जिप छुटाउने भएको छ ।

यस्तै वुटवलबाट छिस्तीका लागि विहान ७ बजे नै जिप छुटने गुल्मी जिप ब्याबसाय समितीका रुट सदस्य टुृक बहादुर पुनले जनकारी दिए । गुल्मी जिप समितीले आफनो जिल्लामा मात्र नभएर यात्रुहरुको सुविधालाई मध्य नजर गर्दै बागलुङ जिल्ला सदरमुकाम लगाएयत अन्य धेरै स्थानबाट बागलुङका जनतालाई सेवा प्रदान गर्दै आइरहेको समेत पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *