दलित अधिकारकर्मी चेतराम चर्मकारको ६३ बर्षको उमेरमा निधन !

रबिना बोहरा, बागलुङ, २०७४ चैत १४ । नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा दलित अधिकारकर्मी चेतराम चर्मकारको ६३ बर्षको उमेरमा निधन भएको छ । २०११ सालमा बागलुङमा जन्मेका चर्मकारको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा निधन भएको हो ।

कालिका कन्या मन्दिर माविका पुर्व प्रध्यानाध्यापक, मिजार समाज बागलुङका सल्लाहकार, नेपाल शिक्षक संघ लगायत विभिन्न संघ संगठनमा आबद्ध चर्मकारले दलित समुदायको हक हित संरक्षणका लागि ठुलो योगदान पु¥याएका थिए ।

नेपाली काँग्रेस बागलुङ, नेपाल शिक्षक संघले चर्मकारको अन्त्यष्टिको समयमा श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्र थापा, पुर्व पार्टी सभापति जगदिशचन्द्र उपाध्याय, जिल्ला सचिव नवराज पौडेल, महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *