Menu

गुल्मी बिचित्र : धुर्कोटमा दाजुबाट बहिनी बलात्कृत, बलात्कारी पक्राउ, प्रहरीले कार्बाही अघी बढायो !

प्रेम सुनार, गुल्मी २०७४ चैत १४ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै माहिला दाजुबाट बलात्कृत बहिनीले ठुलो दाजुका साथ लागेर बलात्कारी दाजुको बिरुद्ध मुद्दा दर्ता गराएकी छन् । यहि चैत १२ गते दिउँसो सवा ३ बजेको समयमा गुल्मी धुर्कोट गाउँपालिका वडा नम्वर ५, वस्तु स्थित घरमा वसेकी १६ वर्षिया बहिनीलाई माईलो दाजुले घरमै वलात्कार गरेको वहिनीले उजुरीमा उल्लेख गरेकी छन् । उनी त्यस घरकी कान्छी छोरी हुन् ।

प्रहरीले बलात्कृत पीडित बहिनीको हुलिया खुल्ने भएकोले बलात्कारीको नाम गोप्य राखेको बताएको छ । २८ बर्षिय दाजु गत १५ बर्ष देखि गुल्मी मै डोजर अपरेटरको काम गर्दै आएको बुझिएको छ ।

पीडित बहिनीका अनुसार उनी माथी त्यस अघि पनि उसले दुई पटक बलात्कारको प्रयास गरेको थियो । अश्लील अंगहरु सुमसुमाउने देखि धेरै पटक जिस्काउने गरेको र दुई पटक त बलात्कारको प्रयास समेत गरेको थियो । उनी भागेर बँचेकी थिईन । तर चैत १२ गते दिउँसो दाजु भएको नरपशुबाट उनी बच्न सकिनन् ।

घटनाको दिन उनी नरपशु दाजुको पन्जाबाट बच्ने निकै प्रयास गरिन अन्तत बँच्नकै लागी घोप्टो परेको अवस्थामा पछाडीबाटै उसले सर्वस्व लुट्यो, बहिनीको रोदन हो यो ।

अहिले बलातकारी दाजुलाई प्रहरीले पक्राउ गरी आजै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

जिल्ला प्रहरी कार्यालयमा बलात्कृत किशोरी कारुणीक अवस्थामा थिईन । ओठ मुख सुकेको थियो । उनले भनिन् यस घटनाले अब कोही कसैमा विश्वास भन्ने कुरा रहेन । बिश्वास छ भने आफैमा निहित छ अव अरु कसै कसैमा रहेन भन्ने महसूस गरेकी छु उनले दोहराउँदै पत्रकारहरु समक्ष यस्तो कुरा बताईन । उनले निन्याउरो अनुहार लगाउँदै थपिन–‘ निकै सुन्दर भविष्यको कामना गरेकी थिएँ , धेरै पढेर के के न गरुला भनेकी थिएँ तर आफ्नै दाजुले अस्मीता मात्र होईन मेरो भविष्य समेत खोस्यो ।

तम्घासको सुविधा सम्पन्न एक बोर्डिङ्गमा स्कुलमा कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् । यहि मौक छोपेर नरपशु बहिनी माथी जाईलाग्यो ।

प्रहरी कार्यालय मुद्दा फाँटका असई सत्यनारायण यादवले पनि उनलाई निकै ‘अवेर्डनेस’ युवती रहेको बताए ।

उनको स्वास्थ्य अवस्थाका वारेमा जिल्ला अस्पतालको सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी संग सम्पर्क राख्दा उनि स्वास्थ्य उपचारका क्रममा दुई चोटी बोहोस भएको बताए । उनको स्तनमा समेत दाँतले टोकेको निला डामहरु थिए । थप परीक्षणका लागि काठमाण्डौ पठाईएको उनले जानकारी गराए ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो यस्तो लज्जीत घटना पहिलो भएको उनको भनाई थियो ।

बहिनीको अस्मिता लुट्ने नरपशु पिर्लिपर्लि बाहिर चिहाई रहेको थियो । उसलाई अझै पनि बाहिर संसारमा अनुहार देखाउन लाज लागेको छैन । लाज शरम पचेको त्यस नरपशुलाई के थाह कुन बहिनी कुन दिदी र आमा भन्ने कुरा ।

गुल्मीमा सहोदर दाजुले बहिनी बलात्कार गरेको यो सम्भवतः पहिलो घटना हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *