Menu

समाजसेवी युवा क्लब, बिहुँद्वारा गायक कलाकारहरुको पञ्चेबाजा सहित स्वागत !

रामशरण पोखरेल, बागलुङ (विहु) २०७४ चैत १४ । समाजसेवी युवा क्लबको शान,समाज विकासमा हाम्रो अभियान ” भन्ने मुल नाराका साथ समाजसेवी युवा क्लब तथा परिश्रमिक महिला समुह काठेखोला गाउँ पालिका वडा नं ५ विहुकोट ओडार बागलुङको आयोजनमा चैत ११ गते देखि १५ गते सम्म संचालन भैरहेको प्रथम चैत्राष्टमी मेलाको तेस्रो दिन मंगलबार कलाकारलाई पंचे बाजाबाट भव्य स्वागत गरिएको छ।
बागलुङको विहुमा पुगेका कलाकारहरू लोक दोहोरी गायिका सम्झना भण्डारी, गायक राजेश बर्देवा, लोक दोहोरी गायिका कुशुम वुढाथोकी, गायक केपी कुमार जलन, हास्यव्यङ्ग्य कलाकार खिमलाल सापकोटा र स्थानिय प्रतिभा दिलिप कंडेललाई पन्चेबाजा सहित फुलमाला र अविरले भव्य स्वागत गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेका कलाकारहरुले १४ गते पनि भरपुर मनोरञ्जन दिने कार्यक्रम संयोजक भरत सापकोटाले ईबागलुङलाई बताए।
समाज बिकासमा टेवा पुर्याउने उद्देस्यले आयोजन गरिएको मेलामा लोक दोहोरी भलिबल प्रतियोगिता लगायत आधा दर्जन कार्यक्रम रहेको छ ।
क्लबका अध्यक्ष मेघराज कंडेलको सभापतित्व र राम शरण पोखरेलको सन्चालनमा कार्यक्रम वारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *