Menu

निसी टारीफाँट हुँदै ढोरपाटन जोड्ने मोटरबाटो निर्माण सुरु !

डम्मर बुढा मगर बागलुङ, २०७४ चैत १३ । निसीखोला गाउँपालिका–२ टारीफाँट–धाराटोल, उपल्लो बेङ्ग्री हुँदै ढोरपाटन जोड्ने मोटर बाटो निर्माण कार्य सुरु भएको छ । निसीखोला गाउँपालिका–२ को २०७४/०७५ मा विनियोजन भएको रकम मध्यको १५ लाख रुपैँयाले उक्त मोटर बाटोको निर्माण कार्य सुरु गरिएको निसीखोला गाउँपालिका–२ का वडा अध्यक्ष कुविर विकले जानकारी दिए ।

मोटर बाटो निर्माण गर्न थाले सँगै त्यस स्थानका स्थानीयहरुमा खुसीयाली छाएको छ । गाउँदेखि करिब साढे १–२ घण्टा तल झरे पछि मोटर गाडी देख्ने गरेका त्यस स्थानका स्थानीयहरु अब आफ्नै घर दैलोमा मोटर पुग्ने भए पछि उनीहरुको खुसीमा सीमा काटिसकेको छ । यो सडक निर्माण भईसके पछि निसीखोला गाउँपालिका–२ को धाराटोल, तारीफाँट र उपल्लो बेङ्ग्रीका स्थानीयहरुलाई बजारदेखि सामान ढुवानी गर्न, घर भवन निर्माणका लागि खोलादेखि गिटी बालुवा घरसम्म पुराउन र बिरामी परे गाडी बाटै हस्पिटल पुराउन सकिने भएको छ ।

त्यसैगरी सडकको निर्माण कार्य सम्पन्न भै सके पछि ढोरपाटनमा जाने आन्तरीक तथा बाह्य पर्यटकहरु सजिलै आवतजावत गर्न सक्ने छन् । त्यस्तै ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ निसीखोलामा ल्याउन सहज हुने छ भने ढोरपाटनमा पाईने जडिबुटी संकलन गर्न सहज हुने निसीखोला गाउँपालिका–२ का वडा अध्यक्ष कुविर विकले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *