Menu

नगर प्रमुख, उपप्रमुखको टोली व्दारा बुर्तिवाङका तीन परीक्षा केन्द्रको अनुगमन

झरना कँडेल बुर्तिवाङ २०७४ चैत १३ । ढोरपाटन नगरपालिकाका प्रमुख तथा उपप्रमुखको टोलीले गत चैत ८ गते देखी सन्चालनमा रहेको माध्यमिक शिक्षा परीक्षा एसईई को बुर्तिवाङका तीन परीक्षा केन्द्रहरुमा अनुगमन जारी राखेको छ ।

बुर्तिवाङमा सन्चालित उत्तरगंगा मावि, रिभरहेड ईन्टरनेशनल एकेडमी र जनता ईङ्लिस बोर्डिङ स्कूल केन्द्रहरुमा नगरप्रमुख देवकुमार नेपाली उपप्रमुख करमती पुन, श्रोतव्यक्ति हरिचन पाण्डे, पत्रकार सहितको अनुगमन टोलीले परीक्षा केन्द्रहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा तीनै केन्द्रहरुमा परीक्षा मर्यादित एवं शान्तिपूर्वक सम्पन्न भएको जानकारी दिएका थिए ।

तीनै परीक्षा केन्द्रहरुका परीक्षार्थीहरुका लागि ढोरपाटन नगरपालिकाले पिउनको लागि निशुल्क मिनरल वाटरको व्यवस्था पनि गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *