Menu

जोखिमलाई बीमाको दायरा भित्र ल्याउन जनप्रतिनिधिको भुमिका महत्वपुर्ण – चापागाईँ

किरण आचार्य, बागलुङ २०७४ चैत १३ । बीमा सम्बन्धी ज्ञान शहर केन्द्रित रहेकाले गाउँस्तर सम्म पु¥याउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बीमा समितिको आयोजनामा बागलुङ, कुश्मा, फलेबास र बेनी नगरपालिकाका जनप्रतिनिधिहरु संग गरिएको बीमा सम्बन्धि छलफल तथा अन्तरक्र्रियामा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।

बीमा गरे पश्चात पाउने सेवा सुविधामा देखिएको अन्यौलताले गर्दा बीमा गर्न मानिसहरु अन्कनाउने गरेको उनीहरुको भनाई छ । बीमा गर्दा र बीमा रकम पाउनुपर्ने बेलामा अपनाईने झन्झटिलो प्रक्रिया सुधार गर्दै जानुपर्ने उनीहरुको सुझाव छ । यस्तै बीमा समितिले दाबी भुक्तानीमा कुनै कठिनाई आए बिमा समितिमा खबर गर्न आग्रह गरेको छ ।

आर्थिक स्थायित्व, सामाजिक सुरक्षामा स्थानीयको सरोकार बढी हुने भन्दै चेतना अभिबृद्धि गरी जोखिमलाई बीमाको दायरा भित्र ल्याउन जनप्रतिनिधिको भुमिका महत्वपुर्ण हुने बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बताए । उनले नेपालमा अहिले जीवन बीमा १८, निर्जीवन बीमा २० र पुनर्बीमा तर्फ एउटा गरेर कुल ४९ बीमा कम्पनीहरू रहेको जानकारी दिए ।

उनले जीवन बीमा कुल जनसंख्याको जम्मा १० प्रतिशत हाराहारीमा रहेको बताए । कृषी तथा पशु बिमाका लागि अन्य स्थानका जनप्रतिनिधि पनि सकरात्मक रहेको भन्दै एउटा बीमा एउटा परिवारमा पु¥याउने अभियान थालेको उनको भनाई थियो ।

नेपाल सरकारले सबै स्थानीय तहमा बैँकिङ सेवा विस्तार गर्ने योजना अगाडी सारे जस्तै आफुहरुले पनि सबै ठाउँमा बीमाको पहुँच पु¥याउने गरी लागेको चापागाईले बताए । उनले बीमा कम्पनीहरुले केही समय पैसा रोकेर राख्दा आम्दानी गर्न सक्ने भएकाले समयमा बीमा दाबी रकम नपुगेको बताए । यस्तै स्थलगत निरिक्षणलाई पनि कार्यान्वयन नगर्दा यस्ता समस्या देखिएको चापागाईको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लामा सबैभन्दा बढी कृषी तथा पशुपालक कृषकहरुका लागि कृषी तथा पशु बीमा आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमम बागलुङ, कुश्मा, फलेबास, बेनी नगरपालिकाका जनप्रतिनिधिहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *