Menu

ह्वाईट हाउसमा एक २९ वर्षिय युवकको मृत्यु !

बागलुङ २०७४ चैत १३ । बागलुङ नगरपालिका ३ गुठी स्थित एक होटलमा एक जना युवकको मृत्यु भएको छ । सोमबार राति ह्वाईट प्यालेस होटेलमा खानपिन गरी सुतेका दुई जना साथीहरु मध्य एक जना विहान बिस्तरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक काठेखोला गाउपालिका बिहुँका वर्ष २९ का राज बियम घिमिरे (बिक) निजका साथी केशव गुरुङ सोमबार राति बाहिर बाटै मापसे गरी राति होटेलमा आएका र त्यहाँपनि मदिरा सेवन गरी सुतेकोमा आज विहान घिमिरे बिस्तरामा मृत अवस्थामा फेला परेको प्रहरी श्रोतले बतायो । उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कृषि सहकारी संस्था खोलेर बागलुङ सदरमुकाममा काम गर्दै आएका घिमिरे विभिन्न रोेगहरुबाट ग्रसित रहेको पनि बुझिएको छ । हरिकला बिकका छोरा घिमिरेको घरमा बाख्रा पालन व्यवसाय समेत भएको जानकारीमा आएको छ ।

प्रहरीका अनुसार उनिहरुले ड्रग्स प्रयोग गरेको देखिन आएको छ । मृतकको शव पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *