Menu

… यहाँ दुखेर भन्दा लुकेर रुने धेरै छन्

हाँसो भित्र पनि खुसीको अभाव हुन सक्छ
हाँसो भित्र आँसु लुकाउने दबाब हुन सक्छ
सायद यहाँ दुखेर भन्दा लुकेर रुने धेरै छन्
रुने सँग होईन रुवाउने सँग जवाफ हुन सक्छ
**
कोही त फर्काइदेउ बितेका ती पल
कोही त सम्झाइदेउ बरालिने यो मन
यो मेरो वर्तमान लिलामीमा बिक्छ भने
कोही त साटिदेउ बिगत सँग बर्तमान

**
पिरोलिएको मन भित्र ब्यथा लुकेको हुन सक्छ
बाहिर हासे पनि भित्री मन दुखेको हुन सक्छ
आंखामा आंसु छचल्किएर मात्र रुने होईन मान्छे
भित्री जलनले आंसुको मुल सुकेको हुन सक्छ

झलक काउचा
बागलुङ
हाल-दक्षिण कोरिया
२०७४ चैत १३ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *