राजकुत चोलाङका आगलागि पीडित परिवारलाई राहत हस्तान्तरण

छविलाल पाण्डे २०७४ चैत १३ । निसीखोला गांउपालिका वडा नं ७ राजकुत चोलाङमा घरआगलागि भएर बिचल्ली बनेका लुर्क बिकको परिवारलाई राहत हस्तन्तरण गरिएको छ ।

गत मसिर महिनामा घरमा आगलागि हुंदा घरसहित अन्नपात लत्ता कपडा जलेर पिडित बनेका बिकको परिवारलाई बागलुङ सेवा समाज बहराइनव्दारा पठाईएको नगद दशहजार रुपैया हस्तान्तरण गरीएको हो ।

बागलुङ जिल्लाबाट बैदेशिक रोजगारीमा पुगेका युवाहरुबाट संकलित उतm रकम लुर्क बिकलाई हस्तान्तरण गरिएको संस्थाका आजीवन सदस्य टेकराज श्रेष्ठले बताए ।

बागलुङ सेवा समाज बहराईनमा आबद्ध सबै पदाधिकारीबाट रकम संकलन गरेर बिकको परिवारलाई पठाईएको समितिका महासचिब भोबबहादुर कुवंरले बताए ।

विकसिलता सृजनशीलता बागलुङको आवश्यकता सभ्य समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यवद्धता भन्ने मुल नाराका साथ सन २०१३ मा स्थापना भएको बागलुङ सेवा समाज बहराईन विभिन्न सामाजिक सेवामा समर्पित रहदै आएको संस्था हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *