Menu

कुस्मामा महिलाहरुका लागि तिन दिने नेतृत्व विकास तथा वाक कला तालिम सम्पन्न !

निर्मल पौडेल, (एन पी घायल) पर्वत २०७४ चैत १२ । रेडियो कुशुमको समवन्य तथा कुश्मा नगरपालिका ६ को आयोजनामा महिलाहरुका लागि तिन दिने नेतृत्व विकास तथा वाक कला तालिम आज सम्पन्न भएको छ । तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै कुश्मा नगरपालिका ६ का अध्यक्ष रुद्र गिरीले तालिममा सहभागि महिला दिदीवहिनीहरुलाई धन्यवाद दिंदै महिला जागरुक र सक्षम भए मात्रै समाज विकसित हुने भन्दै तालिम प्रभावकारी भएको र आगामि दिनमा यस्तै महिला सशक्तीकरण तथा आत्मानिर्भरका कुराहरुमा जोड दिने वताए ।

कार्यक्रममा पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष तथा तालिमका प्रशिक्षक दुर्गा प्रसाद शर्माले प्रशिक्षार्थीहरुलाई वधाई दिंदै तालिम भनेको प्रमाण पत्र प्राप्त गर्नु मात्रै नभई सिकाई प्रभावकारी वनाउनु आवश्यको रहेको वताए।

कार्यक्रममा पत्रकार महांसघ पर्वतका सचिव तथा रेडियो कुशुमका सचिव गणेश गिरी, सक्रीय महिला संजालकि अध्यक्ष सरिता भण्डारी सरु, कार्यपालिका सदस्य सुमित्रा पौडेल, प्रशिक्षार्थीको तर्फवाट निशा घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष शर्मा,पत्रकार तारानाथ आचर्य, रेडियोका स्टेशन प्रमुख कृष्ण अखेली र अर्जुन थापाले सहजिकरण गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार अर्जुन थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *