निसी देविस्थानमा सञ्चालित गांउपालिका स्तरीय चैतेदशै बिशेष कार्यक्रम सम्पन्न

छविलाल पाण्डे बुर्तिवाङ २०७४ चैत १२ । निसीखोला गांउपालिका १ देविस्थान बजारमा चैतेदशँै बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

निसीखोला गांउपालिकाका उपाध्यक्ष शोभाकुमारी काकीँको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको वडा नं १ का अध्यक्ष ईन्द्रबहादुर मल्लले बताए ।
आयोजित कार्यक्रमको उद्घाटन गर्दे गाउपालिका उपाध्यक्ष कार्कीले संस्कृतिको संरक्षाणर्थ सबैले साथ दिनुपर्ने बताउदै गांउपालिकाले संस्कृति, कला, र प्रर्यटकिय क्षेत्रलाई उचित स्थान दिएर अगाडि बद्ने बताएकी थिईन ।

बिगतका बर्षमा चैतेदशैका अबसरमा भलिबल सहित बिबिध कार्यक्रम हुने गरेपनी यसबर्ष स्थानीय क्लबले सक्रियता नदेखाएका कारण वडाले कार्यक्रमको आयोजना गरेको र संस्कृति बचाउने खालका कार्यक्रम सम्पन्न गरिएको बताईएको छ ।

कार्यक्रमका अबसरमा गांउपालिका स्तरीय आमा समुहको नृत्य प्रतियोगिता भएको थियो । ३ समुहको सहभागिता रहेकोमा सृजनशील आमा समुह प्रथम, मिलीजुलि आमा समुह दिर्तिय, देबिदोभान आमा समुह सान्तना, पञ्चेबाजा तर्फ २ समुहको सहभागिता रहेकोमा बायखोला समुह प्रथम,हुल्दी समुह व्दितिय भएका थिए ।

त्यस्तै सोरठी नाँच तर्फ ३ समुहको सहभागिता रहेकोमा हर्प समुह प्रथम, लेबाङ व्दितिय, हुल्दि तृतिय र चालीस बर्षमाथिको पुरुष छेलोमा केयरसिंह गुरुङ प्रथम, ईन्द्रबहादुर गुरुङ दिर्तिय, खुल्ला महिला छेलो तर्फ धनकुमारी सुनार प्रथम, डिलमाया बिक व्दितिय भएका छन् ।

वडाध्यक्ष मल्लको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य हुमकुमारी मल्ल, खालबहादुर घर्ति, पदमबहादुर मल्ल, बेलमती बिक, देबिस्थान माविका निप्रअ झगबहादुर क्षेत्रिको बिशिष्ठ अतिथ्यता रहेको कार्यक्रममा अन्नपूर्ण आधारभुत बिद्यालयकी प्रअ बिनुकुमारी राम्जाली, वडा नं १ की महिला समुहकि अध्यक्ष निरमाया राम्जाली, देबिस्थान मावि बिब्यस सदस्य हुमकुमारी रामजाली लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम देबिस्थान माविका शिक्षक चन्द्रसिंह रामाजालीको स्वागत ,रसानन्द प्राविका प्रअ बालेन्द्र मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *