Menu

निसीखोला-२ मा एअनेशि संगठन : झम सिरपालीको अध्यक्षतामा समिति गठन !

बुर्तिवाङ २०७४ चैत १२ । निसीखोला गाउँपालिका—२ मा एकीकृत अखिल नेपाल शिक्षक संगठनको आज वडा स्तरीय प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन निसीखोला गाउँपालिकाका बरिष्ठ उपाध्यक्ष पूर्णपति सापकोटाको अध्यक्षता सम्पन्न प्रशिक्षण तथा भेलामा बोल्दै शिक्षक संगठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेलले शिक्षकहरुको पेसागत हकहितको लागि सवै शिक्षकलाई एक जुट हुन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खरेलले नेपालको बर्तमान शिक्षा नीतिमा सुधारको आवश्यकता रहेको र त्यसको नेतृत्व एकीकृत अखिल नेपाल शिक्षक संगठनले गर्ने दाबी गरे ।

त्यस्तै कार्यक्रममा निसीखोला गाउँपालिका—२ का वडा अध्यक्ष कुबिर विक र माओबादी केन्द्र निसीखोला गाउँपालिकाका अध्यक्ष प्रेम घर्तिमगरले नेपालमा प्रयोग भैरहेको बर्तमान शिक्षामा बुर्जवापनले प्राथमिकता पाएकोले यो शिक्षा पद्धतीमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए । नेपालमा प्राविधिक, सिपमुलक र व्यवहारिक शिक्षा पद्धतीको आवश्यकता परेको उनीहरुको भनाई थियो ।

विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरुको उपस्थिती रहेको कार्यक्रममा शिक्षक संगठनका गाउँपालिका अध्यक्ष हुतराज भुषाल, माओबादी केन्द्र निसीखोला गाउँपालिका—२ का अध्यक्ष तमबहादुर कुँवर, दलित मुक्ति मोर्चा निसीखोला गाउँपालिकाका संयोजक इदबहादुर रसाइली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अर्नाकोट आधारभूत विद्यालय, देउरालीकी शिक्षिका भाविका विकको स्वागत मन्तव्य र एकीकृत अखिल नेपाल शिक्षक संगठन निसीखोला गाउँपालिकाका सचिव कृष्ण शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भेलाले आज नै झम सिरपालीको अध्यक्षतामा निसीखोला गाउँपालिकाको वडा नंं २ स्तरीय ११ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठनको गठन गरेको छ । जसको उपाध्यक्षमा किरमला विक, सचिवमा टंक पौडेल, सहसचिवमा दीपक विक र अर्थ सचिवमा भाविका विक तथा अन्य सदस्हरुमा मञ्जु रसाइली, मनबहादुर विक, टेकबहादुर खत्री, बिनु कुँवर र थमकला विक रहेका छन् ।

समितिका पदाधिकारीहरुले शिक्षक संगठनका जिल्ला अध्यक्ष खरेलबाट सपथ ग्रहण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *