Menu

किरण पुस्ताकालय तम्घासले जानकी साहित्य पुरस्कार सुव सेनलाई प्रदान गर्ने

प्रेम सुनार, गुल्मी, २०७४ चैत १२ । किरण पुस्ताकालय तम्घास गुल्मीले “जानकी साहित्य पुरस्कार” साहित्यको क्षेत्रमा सुव सेनका नामले लेखन क्षेत्रमा लागेका बाँझकटेरीका र्सुर्यबहादुर सेनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हिजो गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गदै यस वर्षको जानकारी साहित्य पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरिएको आयोजकले जानकारी दिएका हुन् ।

विगत लामो समयदेखि नेपाली भाषा,साहित्यका दीर्घसेवक,आख्यानकार,नियात्राकार,नाटककार एवं कवि सेनलाई प्रदान गर्न लागिएको किरण पुस्ताकालयका सचिव दिना पन्थीले जानकारी दिए ।

सो पुरस्कार आगामी २०७५ सालको मोती जयन्तीका दिन प्रदान गरिने भएको छ । साहित्यप्रति अत्यन्त रुचीँ राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारव्दारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजबाट प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्ने गरिन्छ।

पत्रकार सम्मेलनको प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जिल्लामा पहिलो पटक यसरी जिल्लामा रही साहित्य तर्फ योगदान पुयाउने स्रस्टाहरुको सम्मान गर्ने यो प्रयासले थप हौसला प्रदान गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, स्वर्गिय जानकी ज्ञवालीका श्रीमान शङकरप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो । सो सम्मेलनको सञ्चालन गोपाल पन्थीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *