प्रवास : कतार नेपाली एकता समाज सैलिया अन्तर्गत इकाई समिति गठन

उद्धव मगर, दोहा कतार २०७४ चैत १२ । मिति २०१८÷०३÷२३ का दिन सैलिया एरिया समिति अन्तर्गत इकाई समिति गठन भएको छ । समिति गठनको लागि विशेष लक्षमण कोइराला र गेजमान सिंह वि.क को पहलमा वृहत भेला सम्पन्न गरेको छ भने भेलाले सात सदस्यीय इकाई समिति चयन गरिएको छ ।

समितिको अध्यक्षमा पूर्ण बहादुर वि.क सचिवमा जनक कार्की, कोषाध्यक्षमा तुल्सीराम वि.क, सदस्यहरुमा हेमराज निरौला, तोलाकान्त भण्डारी, प्रमोद चौधरी र छत्र बहादुर वि.क, रहेका छन् ।

सो भेलालाई समाजका प्रथम उपाध्यक्ष हेमन्त वाईवा तथा कोषाध्यक्ष धन बहादुर परियारले प्रशिक्षण समेत दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *