वुटवल प्रहरीले समात्यो, ७ वर्ष अघि भण्डारी दम्पतिका हत्यारा !

प्रेम सुनार, गुल्मी, २०७४ चैत ११ । सात वर्ष अघि वुटवलको एक पसलमा दिन दाहडै गोली प्रहार गरी लुटपात तथा एक दम्पत्तीको हत्या गर्ने हत्यारा मध्ये हाल सम्म फरार रहेका एक जना अभियुक्तलाई वुटवल ईलका प्रहरी कार्यालयले पक्राउ गरेको छ । २०६७ साल असार ९ गते दिउँसो करिव ५ वजेको समयमा वुटवलको जेसिसचोकस्थि विष्णु भण्डारी स्टोर्सका रमेश भण्डारी र उनकी श्रीमति आशा भण्डारीलाई गोली हानी हत्या गर्ने मध्येका हाल सम्म फरार अर्जुन गौतमलाई प्रहरीले हिजो शनिवार भारतबाट फर्किदै गरेको वेला वेलहियाबाट पक्राउ गरेको हो ।

उक्त कुरा आज पत्रकार सम्मेलन गरी सो कार्यालयले जानकारी दिएको हो । अर्का फरार कृष्ण गौतम भने अझै पक्राउ पर्न सकेका छैन् । यी दुवै जनालाई लामो समय देखि प्रहरीले खोजि रहेको थियो । अर्जुन हाल सम्म भारत मै लुकेर वसेको र घर फर्किदै गरेको सुराक पाए पछि वेलियामा निगरानी बढाएर पक्राउ गरिएको त्यस ईलाका प्रहरी कार्यालयकाले जनाएको छ ।

त्यस भण्डारी दम्पत्ती हत्यामा संलग्न भोले वावा भन्ने शम्भु गौतम, निमप्रसाद थापा, श्यामप्रसाद बिक, पुरन श्रीस, राजु गलामीलाई भने उति वेलै प्रहरीले पक्राउ गरी तत्कालिन जिल्ला अदालतमा पेश गरेको थियो । उनिहरु सो अदालतको आदेशबाट थुनामा परेका थिए ।

त्यस घटनामा अभियुक्तहरुले भण्डारीको पसलको घर्राबाट ५ लाख १८ हाजर लुटेर गोली हानी फरार भएका थिए । पसलमा वसी रहेका भण्डारी दम्पत्तीलाई पुर्व योजना बनाई सम्भु गौतमले चलाएको लु ७ प५७२३ नम्वरको मोटर साईकल चलाई पछाडी बसेका अर्जुन गौतमले सुट गरेका थिए ।

त्यस्तै लु ४ प ७०१७ नम्वरको मोटर साईकल चलाएका श्याम बिकले पछाडी कृष्ण गौतमलाई चाढाएर सुट गर्ने योजना बनाएका थिए । सुरुमा पोस्तोल ताक्दै रकम लुट्ने क्रममा श्रीमति आशा भण्डारीले रोक्न खोज्दा अर्जुन गौतमले आशालाई एक राउड र उनका श्रीमान रमेशलाई एक राउण्ड गोली हानेर उक्त रकम लुटेर फरार भएका थिए ।

श्रीमति भण्डारीको घटना स्थलमै मृत्यु भएको थियो भने श्रीमान भण्डारीको उपचारका क्रममा मृत्यु भएको थियो । त्यस घटनाबाट त्यति वेला बुटवलका व्यवसायी त्रसित हुँदै सुरक्षको व्यवस्था नभएको भन्दै लामो समय सम्म आन्दोलिन समेत भएका थिए । अहिले फेरी अर्को हत्यारा पक्राउ पछि त्यहाँका व्यवसायीहरुमा खुशी छाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *