प्रभा माध्यमिक बिद्यालयको ५६ औँ बार्षिकोउत्सब सम्पन्न !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन २ । जिल्लाका बोहरागाउँ मा रहेका प्रभा मावि को बिधालयको ५६ आँ बार्षिक उत्सब कार्यक्रम मँगलबार सम्पन्न भएको छ । गत आईतबार देखि सुरु भएको प्रतियोगिताको सांसद ज्ञान कुमारी छन्त्यालले उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद छन्त्यालले बिधालयले शैक्षिक भौतिक क्षेत्रमा प्रगती गर्दै गएको बताउँदै शैक्षिक क्षेत्रको बिकासका निम्ती आफुले बिभिन्न निकाय समक्ष पहल गर्दै जाने आश्वाशन दिईन् ।

बिद्यालय ब्बयबस्थापन समितीका अध्यक्ष रमेश बिक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथीहरुले शुभकामना मन्तब्य ब्यतm गर्दै शैक्षिक क्षेत्रको ब्यबस्थापनमा समुदायको महत्पुपुणै भुमिका रहने बताउँदै सामुदायिक बिधालयको शैक्षिक स्तर उकाश्न सबैले लाग्नुपर्नै बताईएको थियो ।
त्यस्तै बिधालयका प्रअ नवराज आर्चायले बिधालयको आर्थिक बर्ष २०७२÷७३ को आर्थिक भौतिक र शैक्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बार्षिक उत्सबका अबसरमा बिद्यालयले वडा स्तरीय बिबिद कार्याक्रमको आयोजना गरेकोमा आजै उत्कृष्ट बिद्यार्थी सम्मान, चन्दाता सम्मान समेत गरेको छ । कार्यक्रम शिक्षक दिपक शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर- कुम्बिर विक, बोहोरागाउँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *