Menu

बजेट सक्ने भीडबाट अलग भेट्टिए जैमिनी-४ का वडाध्यक्ष चक्रबहादुर थापा !

विजय राना, कुस्मीसेरा २०७४ चैत १० । पछिल्लो समय धेरै ठाउँमा यो सुनिदैन कि विकास निर्माणको लागि विनियोजित बजेट काम सकेर पनि केही रकम बचत भयो । बचत त के, काम नगरी कागज मिलाएर बजेट सक्नेहरुको ठूलो भीड छ यहाँ । तर एकाध यस्ता नेतृत्वहरु पनि छन् जसले इमान्दारिताका साथ आफुले गरेको कामबाट बचत भएको रकम प्रष्ट संग भन्छन् र त्यो पैसा पुनः विकास निर्माणमा नै लगाउने प्रतिबद्धता जनाउँछन् ।

त्यस्ता थोरै मध्येका एक हुन जैमिनी नगरपालिका वडा ४ सर्कुवाका वडा अध्यक्ष चक्रबहादुर थापा । थापाले जैमिनी नगरपालिका वडा न.४ सर्कुवा–ब्याडथला सम्मको मोटर बाटो चक्लाउनको लागि छुटाएको ४० लाख ८० हजार रुपैयाँ मध्येबाट ३ लाख रुपैयाँ बचाउन सफल भएको बताए ।

१३ किलोमिटरको उक्त सडक चक्लाउनको लागि ३७ लाख ८० हजार रुपैयाँ खर्च भएको थापाको भनाई छ । थापाले बचत रकमले के काम गर्ने भन्ने बारे वडा समितिको बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।

इमान्दारिताका साथ काम गर्दा बिनियोजित रकमबाट ३ लाख रुपैयाँ बचाउन सफल भएको उनकोे भनाई छ । जैमिनीमा डोजरको दररेट प्रतिघण्टा ६ हजार रुपैयाँ लिन्छन् तर हामीले डोजर मालिकसंग ५ हजार २ सय ५० मा सम्झौता ग¥यौँ र कामलाई तिब्र रुपमा अगाडी बढायौँ । थापाले भने–‘जसको परिणाम समयमै काम सकियो, पैसा पनि बचत गर्न सफल भयौँ’ ।

थापाले चैत्र महिना भित्र नै नाली समेत खन्ने बताए । नगरपालिकाबाट बिनियोजित बजेट र मोटरबाटो चक्लाउँदा बचत भएको रकम विकास निर्माणमा नै प्रयोग गरिने थापाको भनाई छ ।

थापाले वडामा पुर्वधार निर्माण कार्यलाई तिब्रता दिनको लागि ‘आफ्नो बाटो आफै बनाउँ’ भन्ने उद्धेश्यका साथ जनश्रमदान गरिने बताए । विकास निर्माणमा जनताको सक्रिय सहभागिताको लागि जनश्रमदान गर्नु पर्ने उनको भनाई छ । जनताको सहभागिता बिना विकास सम्भव छैन थापाले भने–‘त्यसैले हामी हाम्रो वडा बनाउन जनश्रमदान गर्ने निर्णय गरेका छौँ’ ।

त्यसै गरि जैमिनी नगरपालिकाले मोटरबाटोको अनुगमन गरेको छ । नगरप्रमुख इन्द्रराज पौडेलको नेतृत्वमा नगरउपप्रमुख लिला राना र प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले सर्कुवा–ब्याडथला सडक खण्ड चक्लाउने कार्यको अनुगमन गरेका छन् ।

सर्कुवा देखि ब्याडथला सम्म जाने मोटरबाटो ७ मिटरको बनाइएको छ । १३ किलोमिटर लामो मोटरबाटोे जैमिनी नगरपालिकाले बनाएको मापदण्ड अनुसार नै ७ मिटरको बनाइएको प्रशासकीय अधिकृत सुवेदीले बताए ।

जैमिनी नगरपालिकामा आफुहरुले पूर्वाधार निर्माणलाई तिब्रता दिएको बताउँदै सुवेदीले कामको गुणस्तरमा सबैले ध्यान दिनु पर्ने बताए ।
जैमिनीका प्रत्येक वडामा हिउँदबर्खा नै गाडी चल्ने गरि मोटरबाटो र पुल निर्माण कार्यलाई तिब्र पारिएको सुवेदीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *