Menu

बुर्तिबाङमा ढल निर्माण कार्य तीब्र ! गुणस्तरीय सामान प्रयोग गर्न नगरप्रमुखको निर्देशन !

झरना कँडेल, बुर्तिवाङ २०७४ चैत १० । बागलुङ जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङ बजारमा ढल निर्माण कार्यले तिब्रता पाएको छ । बुर्तिबाङ नयाँ सहरी बिकास आयोजना तथा ढोरपाटन नगरपालिकाको संयोजनमा बुर्तिबाङ बजारमा चार वटा निमार्ण उपभोक्ता समिती गठन गरेर निर्माण कार्यलाई अगाडी बढाईएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

नगरप्रमुख नेपालीले अनुगामनका क्रममा गुणस्तरीय सामानको प्रयोग गरेर निर्माण कार्यलाई नमुना कार्य बनाउन निर्देशन दिएका थिए ।

नगरप्रमुख नेपाली सहित ईलाका प्रहरी कार्यलय बुर्तिए प्रहरी निरीक्षक कृष्ण राना , आयोजनाका प्रमुख ईन्जिनियर प्रबिण अधिकारी स्थानीय समाजसेबी र पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

हाल बुर्तिबाङ बजारका अति जरुरी स्थान उपल्लो बजार देखी स्वामीटोल समिटोल देखी धैलागीरी चोक, बसपार्क देखी सगरमाथा होटल सम्म, सगरामाथा होटल देखी त्रिबेणीचोक सम्म ढल निर्माण उपभोक्ता समिति गठन गरी कार्य सञ्चालन गरिएको छ । ढल निर्माण कार्यमा आयोजनाको ६५ लाख ४६ हजार ९ सय ८१ प्रारम्भिक अनुमान गरिएको प्रमुख ईन्जिनियर प्रबीण अधिकारीले बताए।

बुर्तिबाङ बजारमा बिभन्न्न स्थानमा धारोहरुबाट तथा अन्य स्थानबाट पानी बगिरहने भएकाले बाटो सडक हिलाम्मे हुने भएकाले स्थानीय बासिन्दाले बारम्बार ताकेता गर्दै आएका थिए । सोही अनुरुप ढोरपाटन नगरपालिकाको माघ १८ गतेको निर्णय अनुुसार माघ २१ गतेबाट निर्माण कार्य सुरु गरिएको र यस पटक भने मनसुन अगाबै सो कार्य सम्पन्न गरसिक्ने लक्ष रहेको आयोजना प्रमुख ई. अधिकारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *