Menu

नगरप्रमुख गैरे व्दारा चरौदी-गुयली-सेतिबेशी साढे २ किलोमिटर मोटरबाटोको उद्घाटन

घनश्याम गौतम गल्कोट २०७४ चैत १० । गल्कोट नगरपालिकाले दिएको रु १ लाख ८७ हजारको अनुदानबाट स्थानीयको सहयोगमा रु १२ लाख भन्दा बढीको लागतमा दुई किलोमिटर मोटरबाटो निर्माण सम्पन्न भएको छ ।

गल्कोट नगरपालिकाको चरौदी-गुयली-सेतिबेशी मोटरबाटो आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै गनपाका नगरप्रमुख भरत शर्मा गैरेले मोटरबाटो निर्माण गुर्नु चुनौतिपूर्ण भएपनि स्थानीयको सहयोग जुटाएर यो मोटरबाटो निर्माण सम्पन्न गरेकोमा प्रशन्नता व्यक्त गर्दै नगरपालिकाले यसको स्तरोन्नतिमा विशेष पहल गर्ने विश्वास दिलाए ।

चालु आर्थिक वर्षको यो पूर्वाधार विकासका लगि पहिलो योजना आफुले उद्घाटन गरेको बताउदै नगरप्रमुख गैरेले पूर्वाधार विकासका लागि नगरपालिकाले विशेष योजना ल्याउने जानकारी दिए ।

उक्त मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न बक्ताहरुले मन्तव्य राखेका थिए ।
सो अवसरमा मोटरबाटो निर्माण सहयोग गर्ने तीन दर्जन सहयोगदातालाई सम्मान गरिएको थियो भने मायाँको चिनो प्रदान गरिएको थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *