नगर उपप्रमुख रेनुका काउचाले क्यानोनिङ खेलमा देखाएको साहसले दर्शकहरु चकित !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत १० । गल्कोट नगरपालिकाकी नगरउपप्रमुख रेनुका काउचा मगरले क्यानोनिङ खेल खेलेर गल्कोटबासीलाई चकित पारेकी छन् । वरिपरि हरिया रूख–बिरुवा, बीचमा कहाली लाग्ने चट्टाने छहराबाट डोरीमा झुण्डिएर पानीमा भिझ्दै नगर उपप्रमुख काउचा झरेको हेरिरहेका दर्शकहरुले उनको साहसलाई निकै प्रशंसा गरे ।

हटिया बजार नजिकै रहेको सहश्रधारा झरनामा आज भएको दोश्रो साहसिक क्यानोनिङ खेलको स्वयंले उद्घाटन गरेर साहसको प्रदर्शन गरेकी हुन् ।

क्यानोनिङ खेल्न सुरुमा धेरैले डर मान्छन् तर पनि काउचाले महिलाहरुले पनि पुरुषले सरह काम गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेकी छन् । गल्कोट नगरपालिका वडा नम्बर ३ हटियास्थित सहस्रधारा झरनामा पहिलो पटक गरिएको परिक्षण सफल भएपछि यो दोस्रोपटक आज खेल खेलाईएको हो ।

पानीको छाँगामा भिज्दै, डोरी समाउँदै चट्टानबाट झर्ने साहस कमैले गर्छन, तर जब छाँगाबाट झर्न सफल हुन्छन् अनि उनीहरू रमाउँछन् र पुनः क्यानोनिङ गर्न हौसिन्छन् । क्यानोनिङ गर्न त्यहाँ पुग्नेहरूलाई ठाउँको वस्तुस्थितिका सम्बन्धमा सुरुमै जानकारी गराउने गरिएको अध्यक्ष भण्डारीले बताए । फिल्डमै पनि प्रत्यक्ष डेमो गरेर देखाइन्छ । यसले पहिलो पटक क्यानोनिङ गर्न पुगेकाहरूलाई सहजता प्रदान गर्छ ।

यसैबिच नगरउपप्रमुख काउचाले क्यानोनिङ खेल खेलेर साहस देखाएपछि अब महिलाहरुपनि उक्त खेलतर्फ आकर्षित हुने देखिएको वडा सदस्य झहर बहादुर खत्रीले बताए ।

अहिले झरनामा पुगेर पानीमा भिज्दै छाँगाबाट डोरीमा झुन्डिँदै झरेर मज्जा लिनेको संख्यामा बृद्धि भएको गल्कोट नगरपालिका २ का अध्यक्ष हेमन्त भण्डारीले बताए ।

सुरुवाति चरणमा डरको महसुस हुन्छ भण्डारीले भने जब बिस्तारै तल झरेपछि छुट्टै आनन्दानुभूति हुन्छ ।

क्यानोनिङ गर्नुअघि टाउकोमा हेलमेट, वेटसुट तथा हारनेस सेट अनिवार्य लगाउनुपर्छ, जुन त्यहीँ उपलब्ध हुन्छ । क्यानोनिङ खेलतर्फ आर्कषण बढ्दै जान थालेपछि गल्कोटको उक्त झरनामा व्यवस्थित पूर्वाधार निर्माण गर्ने अध्यक्ष भण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *