ताकि सनद रहोस … !

बागलुङ २०७४ चैत १० । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल तथा तारा एयर र नेपाल वायुसेवा निगम दुई विमान कम्पनि वीच भएको सम्झौता बमोजिम हिँजो चैत ९ गते शुक्रबार तारा एयरको ट्विनवटर विमानले पहिलो उडान भरेको छ । सप्ताहमा दुई पटक उडान भर्ने सम्झौतामा व्यवस्था गरिएको छ ।

शुक्रवार दिउँसो तारा एयरको विमान बलेवा बिमानस्थलमा अवतरण गर्दा बाजा गाजा सहित बिमान एवं खादा ओढाएर यात्रुको स्वागत गरिएको थियो ।
बिमान सेवा सन्चालनमा आएपछी यसले निकै चासो र चर्चा पाएको छ । अढाई दशकपछी बलेवा बिमानस्थल सुचारु भएपछी एकातिर जिल्लावासी उत्साही देखिएका छन् भने अर्कोतिर बागलुङ नगरपालिका र बिमान कम्पनि बीच भएको संझौताका दफाहरु पढेर आमनागरिक बिमान कम्पनिलाई फाईदा यात्रु र नगरपालिकाकालाई घाटा भनि टिप्पणी गरिरहेका छन् ।

बिमानको चर्को भाडाले यात्रुको ढाड भाँचिने निश्चित छ । त्यो भन्दापनि बिमानमा १२ जना यात्रु भन्दा कम भए अर्थात बिमान खाली भए त्यसको रकम नगरपालिकाले व्यहोर्ने सम्झौताले कसको हित गरेको छ ? भनेर आम नागरिक टिप्पणी गरिरहेका छन्, नगरपालिकाले खाली बिमानको भाडा व्यहोरेर सन्चालनमा ल्याउनुको ‘तुक’ खोजिरहेका छन् ।

शुक्रबार बलेवा बिमानस्थलमा बिमान अवतरणको समाचार ईबागलुङ अनलाईनमा अपडेट गरिएपछी पाठकहरुबाट आएका केहि टिप्पणी (Comments) हरु बानपा प्रमुख एवं सरोकारवालाहरुको दृष्टिगोचरका लागि यहाँ प्रस्तुत गरिएको छ, ताकि सनद रहोस् ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. khadk thapa

    हवाई सेवा संचालनमा आउंदा खुशी लागेको छ तर गलत सम्झौता भएको छ बिकशित देशका नगर पालिका ले हवाई सेवा संचालन गरे बापत हवाई सेवाका लागि अनुमति दिए हवाई कम्पनि हरुसंग उल्टै हवाई कम्पनि हरु संग चर्को कर असुल्ने गर्दछन नगर बिकासमा लगानी गर्दछन हामि भएको बिकास बजेट बाट प्राइभेट कम्पनीलाई उल्टै भाडा तिर्दै हवाई सेवा संचालन गरिदिनु पर्यो भन्दै हार गुहार गर्छौं फेरी हामि उनि हरुलाई उल्टै कर तिर्न बाध्य भएका छौं नगर पालिकाको आर्थिक स्थिति सुधार गरि स्थानीय बिकासमा तिब्रता दिनु पर्ने ठाउँमा प्राइभेट कम्पनीमा लगानी गर्नुको कुनै अर्थ छैन आखिर आर्थिक भार गरिव जनतालाई नै पर्ने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *