असिस्मा र कृष्ण अभिनित राजेश बर्देवाको ‘साइली’ बजारमा (भिडियो सहित)

खगेन्द्र विश्वकर्मा, बकागलुङ २०७४ चैत १० । लोक दोहोरीबाट गीत संगीतबाट चर्चामा पुगेका कलाकार राजेश बर्देवा अहिले लोक पप प्याटर्नको गीत बजारमा सार्वजनिक गरेका छन् । उनले अहिले आहा साइली बोलको लोक पप बिधाको नृत्यगर्ने खालका गीतबाट उनको लोक पप बिधामा पहिलो प्रवेश गरेका छन् ।

निकै रमाइलो अनि रोमान्चकारी गीत साइली रहेको गायक बर्देवाले बताए । र यो गीत निकै फरक र रोमान्टिक पनि भएको ले सर्बाधिक चर्चा बटुल्ने अनुमान समेत गरिएको उनको विश्वास थियो । माया जाल मा पार्यो मायाले, बोर भयो मायालु गितार बजाइदेउ, मत सानू बिरानो गाउको हो ,घुम्ती नीर सिसाको ऐना , लगायतका गीतमा आवाज दिएका राजेश पछिल्लो समय कुशल कार्यक्रम उद्घोसक र विभिन्न मेला महोत्सबका स्टेज कार्यक्रममा पनि ब्यस्त कलाकार हुन् । उनी एउटा कलाकार को साथ मा हुन् ।

साईलीमा आशिष अविरलको म्युजिक संयोजन श्रीकृष्ण बममल्लको संगीत छ । भिडियोमा अरिष्मा र कृष्णको अभिनय छ । भिडियो निर्माण शिवद्धले गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *