Menu

प्रवास : बेल्जियममा ७ अप्रिलमा साँगीतिक साँझ

दिपेन्द्र केसी, एन्तोर्प , बेल्जियम, २०७४ चैत १० । नेपाली साँगीतिक क्षेत्रमा नयाँ पुस्तावीच रोचक प्रतिस्पर्धाबाट ख्याति आर्जन गर्दै स्थापित गायकहरु बुद्ध लामा, प्रताप दास र निशान भट्टराई उदघोषक सुशिल नेपालका साथ साँगीतिक प्रस्तुतिका लागि २९ मार्चदेखि युरोप आउने कार्यक्रम तय भएको छ ।

युरोपका विविध राष्ट्रहरुमा कार्यक्रमहरु दिने सिलसिलमा एनआरएन बेल्जियमको आयोजनामा ७ अप्रिल २०१८ शनिवारका दिन अपरान्ह २.३० बजेदेखि एन्तोर्पेनमा साँगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रमा सहभागी हुन एनआरएन बेल्जियमले सवैमा अपील गरेको छ ।

यो कार्यक्रमबाट प्राप्त हुने रकमबाट नेपालमा मानवीय परोपकारी कार्यक्रम सँचालन गरिने कार्यक्रमकी सँयोजक एनआरएन बेल्जियमकी उपाध्यक्ष योगिता थापाले बताएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *