ओखरबोटमा निर्मित खड़क मालिका मंदिरमा प्राणप्रतिष्ठा सम्पन्न

चन्द्रमणि न्यौपाने, गल्कोट २०७४ चैत ९ । कौडिन्य गोत्रीय न्यौपाने बन्धुहरुको आज मालिका देबताको एक कार्यक्रम गरी गल्कोट नगरपालिका ४ ओखरबोटमा निर्मित खड़क मालिका मंदिरमा प्राणप्रतिष्ठा गरिएको छ ।

गल्कोट नगरपालिका ४ नुवाकोटमा रहेका खड्ग मालिका देबताको आज बाजागाजा र भजन मंडली सहित गल्कोटको विभिन्न ठाउँमा बसोबास गर्ने न्यौपाने बन्धुहरुको उपस्थितिमा मालिकाको मन्दिर प्रबेस गराईएको हो ।

साथै खड्ग मालिकाको प्रबेश सँगै देवी भागबत पूजा पनि सुरु गरिएको मन्दिर निर्माण समितीका अध्यक्ष रामप्रसाद शर्मा न्यौपानेले बताए । भोलि शनिवार देवीभागबत र बत्ती प्रज्वलन गर्ने र रामनवमीको दिन मन्दिरमा बलि दिएपछि कार्यक्रम संपन्न हुने बताईएको छ । मन्दिरमा प्रत्येक बर्षको दुइ पटक मालिकाको बिशेष पूजा गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *