अर्जुन भण्डारीको निर्देशनमा ‘आउन नाचौ गाउ,’ सार्बजनिक

खिमलाल पाण्डे, युएई, २०७४ चैत ९ (२३ मार्च २०१८) अर्जुन भण्डारीले निर्देशन गरेको नया म्यूजिक भिडीयो “आउन नाचौ गाउ,,आजबाट इयूटूब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियोमा अहिलेकि चर्चित मोडल सुमि खड्का,अरमान सेख, हरि प्रसाई, कृष्ण गिरी, डिकु आले, पूनम आले,संजीता मगर, सानु तामाङको सामुहिक अभिनय रहेकोले भिडियो झनै राम्रो बनेको छ निर्देशक भण्डारीले ईबागलुङलाई भने ।

“आउन नाचौ गाउ,, को गितमा सुमि खड्का स्वयम्को स्वर,शब्द रहेको छ भने अर्जुन थापा मगरको संगीतले म्युजिक भिडियोलाई कर्णप्रिय वनाएको छ ।
दुबई (U A E ) मा अर्जुन भण्डारीको निर्देशनमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा गगन बिकले छायाङ्कन गरेका छन् भने नेपालका चर्चित क्यामेरा मेन,सम्पादक युवराज खत्रिले सम्पादन गरेका छन् ।

बिगत केहि बर्षदेखी कला क्षेत्रमा क्रियाशिल रहँदै आएकी सुमिले हालसम्म एक दर्जन भन्दा बढी भिडियो हरुमा अभिनय गरिसकेकि छीन भने आधा दर्जन भन्दा बढ़ी गितहरुमा स्वर दिईसकेकी छिन् । आफ्ना हरेक गीत लाई सबैले मन पराइरहेकाले “आउन नाचौगाउ,, गीतको शव्द, भाव, स्वर र अभिनयले गर्दा यो भिडीयोले अत्यधिक सफलता पाउने अपेक्षा गरिएको अर्जुन भण्डारीको भनाई छ ।

उक्त म्युजिक भिडियो युएईमै छायांकन गरिएको हो |

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *