Menu

एसएलसी देखी एसईई सम्म निरन्तर…

मिलन हमाल, निसीखोला २०७४ चैत ९ । निसीखोला गाउपालिका वडा नम्बर-४ ओखरेनीका बर्ष ५९का जीवलाल कडेलले एसइइ परीक्षा दिदै छन । जन जीवराज सुशीला माध्यमिक बिद्यालय परीक्षा केन्द्र प्रभा माध्यमिक बिद्यालय झिवाखोलामा परिक्षा दिईरहेका छन । उनी ५९ बर्ष भएको हुनाले परीक्षा केन्द्रले ५ मिनेट थप गरिएको त्यहाका केन्द्राध्यक्ष नबराज आचार्यले बताए।

जिबलाल कडेल प्रभा माध्यमिक बिद्यालय झिवाखोलामा लामो समय देखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका छन । उनले बिस २०७२ सालमा उत्तरगङ्गा माध्यमिक बिद्यालय बुर्तिबाङ परीक्षा केन्द्रमा एसएलसी परिक्षा परीक्षा दिएका थिए । उनी २०७२ सालको एसएलसी परिक्षामा अनुत्तीर्ण भए पछि अहिले एसइइ परीक्षा दिन लागेका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *