बागलुङमा पहिलो दिनको अंग्रेजी बिषयको परिक्षामा ६१ परीक्षार्थी अनुपस्थित !

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ चैत ८ । आजदेखि सुरुभएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन अंग्रेजी बिषयको परिक्षा देशभर सञ्चालन भईरहंदा बागलुङ जिल्लामा समेत शान्तिपुर्वक सम्पन्न भएको छ ।

कुल ५ हजार ३ सय ९४ परिक्षार्थि मध्ये ५ हजार २ सय ६१ जनाले परिक्षामा सहभागिता जनाएका छन् । जसमा रेगुलर र एक्जाम्टेड गरी ६१ जना बिधार्थि परिक्षामा सहभागि नभएको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए ।

उनका अनुसार परिक्षा निर्धारीत समयमा सुरु भएको र जिल्लाका १ सय ३९ बिद्यालयका ३१ परिक्षा केन्द्रमा गतबर्षको तुलनामा सौहार्दपुर्ण रुपमा परिक्षा सम्पन्न भएको पौडेलले बताए ।

जिल्लामा नियमित तर्फ २ हजार ४ सय ८० छात्र, २ हजार ६ सय ९७ छात्रा गरी ५ हजार १ सय ७७ र एक्जाम्टेडतर्फ ३९ छात्र र ४५ छात्राले सहभागिता जनाएका हुन् । जसमा नियमित तर्फ १४ छात्र, १० छात्रागरी २४ र एक्जाम्टेडतर्फ १४ छात्र २३ छात्रा गरी कुल ६१ जना बिद्यार्थि अनुपस्थित भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *