बरेङमा एक दिने पशु उपचार शिविर सम्पन्न !

प्रकाश छन्त्याल, बरेङ २०७४ चैत ड । ईलाका पसु सेवा कार्यालय बरेङ गाउँपालिकाको आयोजनामा बरेङ बजारमा एक दिने पशु उपचार सेवा शिविर विहिवार सम्पन्न भएको छ । शिविरमा बरेङ गाउँपालिका वडा नम्वर १ धुल्लुबास्कोट र वडा नम्वर २ हुग्दिशिरका १४१ जना कृषकका कुखुरा, बंगुर, भैँसी, गोरु, गाई लगाएतका विभिन्न पशुपक्षीको उपचार तथा औषधी वितरण गरिएको इलाका पशु सेवा कार्यालय बरेङका पशुसेवा प्राविधिक नेत्र प्रसाद शर्माले बताए ।

यस अघि बुधबार वडा नं ३ बाटाकाचौर नयाँ बजारमा एक दिने निशुल्क पशु स्वाथ्य शिविर सम्पन्न भएको थियो । शिविरमा सुखौरा सल्यान र बाटाकाचौरका किसानहरुले करिब १६० पशु चौपायका गोबर परिक्षण, २७ घर पालुवा पंक्षीको स्वाथ्य परिक्षण गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *