के भन्छन, सवर्सिद्धिधाम पन्चकोटका निवर्तमान प्रतिनिधी अध्यक्ष शर्मा ?

बागलुङ २०७४ चैत ८ । सर्वसिद्धिधाम पन्चकोटमा सन्चालित चौँथो धनधान्याचल महायज्ञ सम्पन्न भएको छ । महायज्ञमा भएको आयव्ययको विवरण सार्वनिक गरिएको छैन । यस पटकको महायज्ञमा करीव ४० देखी ४५ लाख रुपयाँ संकलन भएको र यस्तै २० लाख रुपयाँ खर्च भएको प्रारम्भिक अनुमान गरिएको निवर्तमान प्रतिनिधी अध्यक्ष नगेन्द्र शर्माले ईबागलुङलाई जानकारी दिए । आम्दानी खर्चको हिसाव भैरहेको छ केहि दिनमा आयव्यय सार्वजनिक गरिने उनले बताए ।

शर्मा शुरु देखी पन्चकोट धामको प्रतिनिधी अध्यक्षको रुपमा कार्यगर्दै आईरहेका सक्रिय व्यक्तित्व हुन् र हालै उनले प्रतिनिधी अध्यक्षको जिम्मेवारीबाट बाहिर आएका छन् ।

निवर्तमान प्रतिनिधी अध्यक्ष शर्माले सर्वसिद्धिधाम पन्चकोेटमा सन्चालित चार महायज्ञहरुमा रु ४ करोड ५२ लाख भन्दा बढी अर्थिक संकलन भएको जानकारी दिए ।

पन्चकोट धाममा जतिपनि निर्माण कार्यहरु भएका छन तिनीहरु गुरुयोजना अनुसार बनेका हुन कि ? भनेर ईबागलुङले राखेको जिज्ञासमा उनले पर्यटन मन्त्रालय बाट भरखर गुरुयोजना बनाउन रु २० लाख रकम विनियोजन भएको बताए ।

पन्चकोट धाममा ९५ रोपनी जग्गा खरीख भैसकेको शर्माको भनाई थियो । अतिथी भवन, रेलिङ सहितको पदमार्ग, गण्डकी माताको मन्दिर, सचिवालय भवन बनेका छन् । दिव्यदर्शन मन्दिरबाट प्रतिदिन राम्रो आम्दानी हुने गरेको पनि उनले जानकारी दिए । ५५५५ केजी तौलको मुक्तिनाथ महाघण्टा अबको एक वर्ष भित्र बन्ने र १०८ फिट अग्लो कलशको लागि जग सम्माईएको जानकारी दिँदै सभाहल निर्माणका लागि सुमार्गीले आफुले बोलेका १ करोड रुपयाँ दिएको पनि बताए । पन्चकोट धाममा १०८ बरपिपल, ३६५ तुलसीको मठ र गौसंरक्षणको काम भैरहेको उनको भनाई थियो ।

तपाई प्रधिनिधी अध्यक्षको जिम्मेवारीबाट बाहिरिएपछी को बन्यो त प्रतिनिधी अध्यक्ष भनेर सोद्धा उनको जवाफ थियो ऋषि प्रपन्नाचार्यलाई बनाईएको जानकारी दिए ।

निवर्तमान प्रतिनिधी अध्यक्ष शर्माले आफुले विगत चारवर्ष सम्म पन्चकोटधाममा स्वामी कमलनयनाचार्यको सामिप्यमा रहेर कामगर्न पाएकोमा आफु निकै सन्तुष्ट भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *