एसईई परीक्षा : अँग्रेजी विषयको परीक्षा शान्तिपूर्ण, वृद्धवृद्धादेखि किशोर किशोरी पनि सहभागी !

रबिना बोहरा, बागलुङ, २०७४ चैत ८ । आज देखी सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वृद्धवृद्धादेखि किशोर किशोरी पनि सहभागी भएका छन् । चैत २० गते सकिने एसईई परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन भने शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा दिने छन् ।

पहिलो दिनको परिक्षा भय रहित तथा शान्त वातारवरणमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले ईबागलुङलाई बताए । आगामी दिनको परीक्षा पनि शान्त वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षा व्यवस्था समेत मजबुद बनाइएको उनले बताए ।

४५ बर्षिय बेलमती छन्त्यालले पनि खुल्ला परिक्षा दिएकी छन् । यस वर्षको एसइइ परिक्षामा बागलुङबाट १ सय ३९ विद्यालयका ५ हजार ४ सय १३ जना विद्यार्थी सहभागी हुने बताइएको छ । परीक्षामा सामुदायिक विद्यालयका नियमित तर्फ १ हजार ९ सय ५० छात्रा, २ हजार ३ सय ९३ छात्र र संस्थागत विद्यालयका नियमीत साधारण तर्फ ५ सय १० छात्र र ३ सय २ जना छात्रा सहभागि हुने जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । यसैगरी प्राविधिक धार तर्फ १ सय ३८ जना, एक्जाम्टेड तर्फ १ सय २० जना विद्यार्थी सहभागि हुने भएका हुन्् । जिल्लाबाट यस वर्ष १ जना दृष्टिविहीन र १३ जना बहिरा विद्यार्थीहरुले पनि एसइइ परीक्षा दिएका छन् ।

जनताधन माध्यामिक विद्यालयबाट परीक्षामा सहभागि हुन लागेका दृष्टिविहीन विद्यार्थीको लागि सहयोगीको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले परिक्षालाई व्यवस्थीत, मर्यादित, भयरहित र निष्पक्ष बनाँनको लागि ३१ वटा परिक्षा केन्द्रमा ३१ जना केन्द्राध्यक्ष ३३ जना सहायक केन्द्राध्यक्ष, २ सय ३८ जना निरिक्षक, १ सय २३ जना सहयोगी कर्मचारी र ४ सय ६५ जना सुरक्षाकर्मीहरु खटाएको छ । परिक्षामा सहभागि हुन आउने छात्राहरुलाई सहजताको लागि सुआहारा परियोजना अन्र्तगत सबै परिक्षा केन्द्रहरुमा ६० वटाका दरले सेनेटरी प्याड वितरण गरिएको छ ।

उता गल्कोटका परीक्षा केन्द्रहरुमा सन्चालित परीक्ष शान्तिपूर्ण रहेको सहकर्र्मी गुमानसिँह भण्डारीले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *