प्रभा मावि झिवाखोलामा एसईई परीक्षा शान्तिपूर्ण

कुम्बिर बिश्वकर्मा, निसीखोला २०७४ चैत ८ । बागलुङ जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउपालिका ३ झिवाखोला प्रभा माध्यमिक बिद्यालयमा भएको एसइइ परीक्षामा १५६ जना परिक्षार्थीहरुले परीक्षा दिएका छन । सो परीक्षा केन्द्रमा ज्ञानेन्द्र माध्यमिक बिद्यालय निसी,रत्नराज्य माद्यमिक बिद्यालय जुग्जाखोला ,जन जीवराज सुशिला माद्यमिक बिद्यालय झिम्पाका विद्यार्थीहरुले परीक्षा दिएको शिक्षक लोकेन्द्र चन्दले जानकारी दिए ।

उक्त परीक्षा केन्द्रमा ७५ जना छात्र र ८१ जना छात्राले परीक्षा दिएका थिए । जम्मा १५६ जना मध्य १ जना विद्यार्थी उपस्थिति नभएको बताइएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्ष नबराज आचार्य र स्रोत ब्यक्ती टङ्कनाथ शर्माले परीक्षा शान्तिपूर्व सम्पन्न भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *