Menu

ढोरपाटन महोत्सव २०७५ को समुद्घाटनका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड बुर्तिवाङ आउने निश्चित !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ८ । नयाँ वर्ष २०७५ सालको पावन अवसरमा बुर्तिवाङमा आयोजना गरिएको ढोरपाटन महोत्सव २०७५ को समुद्घाटनका लागी प्रमुख अतिथीको रुपमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७५ साल बैशाख १ गते बुर्तिवाङ आउने निश्चित भएको महोत्सव सन्चालन सचिवालय समितिका सदस्य सचिव एवं उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईका महासचिव राम सुवेदीले जानकारी दिएका छन् ।

पश्चिम बागलुङको पहिचान झल्कने गरि ४ वटै स्थानीय तहको संयोजन तथा उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङको सक्रियतामा बुर्तिबाङमा ढोरपाटन महोत्सव २०७५ आयोजना गरिएको हो।

पश्चिम बागलुङको सस्कृति, पर्यटन, कृषि तथा व्यापार मेला सहितको वृहद साझा उत्सवका रुपमा मनाईन लागेको ढोरपाटन महोत्सव २०७५ मा स्थानीय कृषि उपज, पशु तथा पशुजन्य बस्तु पर्दशनी, हस्तकला, शील्पकला तथा स्थानीय कला संस्कृतिको संरक्षण एवं उद्योग व्यापारको पर्वद्धन गर्ने उदेश्य रहेको उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणि शर्माले ईबागलुङलाई बताए ।

महोत्सवमा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता, राष्ट्रिय ताराखेल प्रतियोगीता, खुल्ला लोकदोहोरीगीत प्रतियोगीता, ४ नं। प्रदेश स्तरीय मेन्स डवल्स व्याडमिन्टन प्रतियोगिता, खुल्ला पञ्चेवाजा प्रतियोगीता, राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनशीप, महिलारपुरुष छेलो प्रतियोगिता, खुल्ला माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, खुल्ला हाजिीजवाफ प्रतियोगिता, खुल्ला रस्साकस्सा प्रतियोगिता र खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

२०७५ साल बैशाख १ गते देखी ७ गतेसम्म सन्चालन गरिने ढोरपाटन महोत्सवको बुर्तिवाङमा भव्य तयारी भैरहेको उवासंघ बुर्तिवाङ ईकाईका उपाध्यक्ष निमलाल पाण्डेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *