कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिनेको ताँती !

बागलुङ २०७४ चैत ८ । बैदेशिक रोजगारीका लागी दक्षिण कोरिया जान दिनुपर्ने ईपिएस (रोजगार अनुमति प्रणाली)भाषा परीक्षाका लागि आवेदन खुला भए लगत्तै फारम भर्नेहरुको ताँती लागेको छ ।

बागलुङ नगरपालिका २ महेन्द्र पथमा रहेको ग्लोबल आईएमई बैँकमा शुल्क जम्मा गरी भौचर जम्मा गराउन ईच्छुक सयौँ युवाहरु हिँजो राति ९ बजे देखी लाम क्यू मा बसेका छन् । विहानको हवाहुरी र सिमसिम वर्षाको पर्वाह नगरी उभिएका युवाहरुको ताँतीले बेराजगारीको अवस्थालाई उजागर गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *