प्रवास : हृदयघातका कारण युएईमा एक नेपालीको मृत्यु !

खिमलाल पाण्डे, युएई २०७४ चेत ८ (२२ मार्च २०१८)युएईमा बिगत ११ वर्ष देखि कार्यरत नवलपरासी , अग्यौलीका ४० बर्षिय राम बहादुर खत्रीको हिँजो बिहान २१ मार्च २०१८ का दिन शारझाह स्थित आफ्नै काृठामा हृदयघातका कारण मृत्यु भएको छ ।

उनि बिगत ११ साल अगाडी युएई आएका थिए ।युएई आए पछी निरन्तर लुलु हाइपर मार्केटमा सेल्स मेनको रुपमा काम गर्दै आइरहेका पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिए ।

एकै रुममा बस्ने साथीहरुको नाइट डिउटी हुनाले सबै साथीहरु डिउटी गएका थिए,खत्रीको भने बिहान देखि डिउटी थियो त्यसैले उनि बेलुका सकुसल खाना खाएर राम्रै सुतेका थिए ।

बिहान पख करिब युएईको समयानुसार ८ बजे तिर नाइट डिउटी सकेर साथीहरु रुममा फर्किए पछी खत्री डिउटी नगएको देखे पछी साथीहरुले उठाउन खोजे तर उनको मृत्यु भैसकेको अर्यालले इबागलुङलाई बताए ।

सधै हास्ने बोल्ने हसिलो स्वाभाबको मान्छे अचानक यस्तो देख्दा रुमका साथीहरुलाई पनि पत्यार लागेन दोहोराई दोहोराई उठाउने कोशिश गरे तर उनको मृत्यु भईसकेको थियो । अन्तत साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पार्थिव शरीरलाई अनुसन्धानका लागि कुबेती हस्पिटल शारझाहमा पुराइएको थियो भने अहिले थप अनुसन्धानका लागि अन्तै रिफर गरिएको बताइएको छ ।

शवलाई युएईको कानुनी प्रक्रिया पुरा गरि छिट्टै नेपाल पठाउने सम्पन्धित कम्पनीले जानकारी दिएको अर्यालले बताएका छन् ।

मृतकका २ बच्चा र श्रीमती छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *