सराय नाँचको मौलिकता, धार्मिक तथा सांस्कृतिक महत्व !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत ८ । गल्कोटमा मा चैतेदशैँका दिन कोटघरमा सराय नाँच खेल्ने प्रचलन गरेको छ । असत्यमाथि सत्यको विजयको खुसियालीस्वरुप बडो हर्षोल्लासका साथ नाँचिने सराय नाँचले चैतेदशको महत्वलाई थप उजागर बनाएको छ ।

परम्परागत रुपमा नाचिने सराय नाँचलाई विजयको प्रतीकका रुपमा लिने गरिन्छ । चैतेदशै पर्वसँग जोडिएको सराय नाँचको आफ्नै मौलिकता र धार्मिक तथा सांस्कृतिक महत्व रहेको स्थानिय जगत बहादुर खत्रीले बताए । खत्रीका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक पर्वलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन समेत सकिन्छ । यस्तै, अर्का समाजसेवी मिन बहादुर खत्रीले सराय नाच हाम्रो इतिहास भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा युवापुस्ताले चासो दिनुपर्ने भन्दै यस्ता संस्कृति नयाँ पुस्तामा

विशेषगरी गल्कोट नगरपालिका ३ हटिया कोटमैदानमा बसोबास गर्दै आईरहेका गन्धर्ब जातिले पञ्चेबाजाको मालश्री धूनसँगै हातमा आ–आफ्ना साङ्केतिक हतियार लिई छुट्टै भेषभूषामा सजिएर सराय नाँच नाँच्ने प्रचलन रहेको छ ।

चैतेदशको अवसरमा खेलिने सराय नाँचले पर्वसँग कलासंस्कृति र परम्परालाई झल्काएको पाइन्छ । साथमा सरायले गल्कोट क्षेत्र सँगै आसपासमा रहेका आफन्त तथा साथीसँगी सबैलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव मेलमिलाप तथा भातृत्वको सम्बन्ध स्थापित गर्दै आपसमा सुखदुःखका भावना साटासाट र भाईचाराको सम्बन्ध प्रगाढ बनाउने कडीका रुपमा सराय नाचले मद्दत पु-याएको छ ।

कोटमैदान पुजा ब्यवस्थापन समिति गल्कोट नगरपालिका वडा नम्बर ३ कोटमैदानले वर्षेनी चैतेदशैको अवसर पारि यो नाँच देखाउने गरेको गल्कोट सस्कृति तथा समाज बिकास मञ्चका सदस्य रबिन बोहोरा क्षेत्रीले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *