Menu

तरकारीको मुल्य आकाशीयो, बोडी/करेला केजीको रु २ सय, पसलै पिच्छे मुल्य फरक, उपभोक्ता मर्कामा !

डम्मर बुढा मगर,बागलुङ २०७४ चैठ ७ । बागलुङ सदरमुकाम लगायत गल्कोट हटिया, बडीगाडको खर्वाङ, ढोरपाटनको बुर्तिवाङ र जैमिनीको कुस्मीसेरा बजारमा तरकारी फलफुलको मुल्य एकदमै आकाशिएको छ । तरकारी फलफुल व्यापारीहरुका पसल पसलको मुल्य फरक रहेको छ । बजारमा अहिले सबभन्दा बढी मुल्यमा बिक्री भैरहेका बोडी,करेला र अन्य तरकारीको भाउ एक केजीमा ६० रुपयाँ सम्मको अन्तरमा बिक्री भैरहेको छ ।

करेला कुनै पसलमा २ सय त कुनै पसल १ सय ६० मा त कतै १ सय ८० मा बेचिरहेका छन् । अनुगमनकारी निकायको यसतर्फ ध्यान केन्द्रित नहुनुमा उपभोक्ताहरुले दुखेसो पोखेका छन् । ‘जति भनेपनि खानु प-यो अर्को बिकल्प छैन, सरोकारवालाहरुले चासो राखिदिए केहि राहत मिल्थ्योकि भन्ने हो, उपभोक्ताहरु भन्छन् ।

समयमा पानी नपर्नाले स्थानीय किसानहरुले लगाउदै आएको तरकारीको उत्पादनमा कमी आएको र नारायणगढ पाल्पा बुटवल तिरबाट ल्याएको तरकारी फलफुलको मुल्य बृद्धि भएको स्थानीय फलफुल व्यापारीहरुले बताएका छन् ।

अहिले बजारमा बोडी र करेला प्रति केजी रु २ सय, काँक्रो प्रति केजी १ सय ३०, चिप्लेभेन्टा प्रति केजी रु १ सय २०, सिमी, बकुल्ला सिमी, मोटरकोसा प्रति केजी रु १ सय, प्याज, लौका, फुल काउली प्रति केजी रु ८०,गोल्भेँडा प्रति केजी रु ६० मा बिक्री भैरहेको छ ।

सहकर्मी मिनु बिसीले दिएको जानकारी अनुसार बुर्तिवाङ बजारमा प्रति केजी काउली रु ८०, लौका ६०, तिते करेला १५०, भेन्टा ८०, चिप्लेभेन्टा १५०, बोडी हरियो १६०, मोटरकोसा १००, गोल्भेँडा ८० मा विक्री भैरहेको छ ।

उता बडीगाडको खर्वाङमा प्रति केजी बोडी २००, तितेकरेला १८०, सिम्लामिर्च १००, गाजर ६०, स्याउ २०० ,गोलभेडा ४०, मटरकोसा ६०, खुर्सानी १४०, अंगुर कालो २००, सेतो १६०, प्याज ६० मा विक्री भैरहेका सहकर्मी कमल पौडेलले जानकारी दिएका छन् ।

गल्कोटबाट सहकर्मी घनश्याम गौतमले दिएको जानकारी अनुसार हटियामा तरकारी फलफुलको मुल्य करीब करीब बागलुङ सदरमुकामको मुल्यसंग मिल्दो जुल्दो छ । उपभोक्ताहरु बजार नियमन भै दिए हुन्थ्यो भने आशामा देखिएको गौतमले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *