राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको जिल्लाका तीनै निर्वाचन क्षेत्रमा छनौट सुरु !

बागलुङ २०७३ फागुन २ । जिल्ला खेलकुद विकास समिति बागलुङव्दारा आयोजित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि जिल्लाको तीन वटै क्षेत्रमा आईतवारदेखि क्षेत्रीय छनौट प्रतियोगीता शुरु भएको छ ।

बागलुङ क्षेत्र नं १ को बानपा–१ बाङ्गेचौर मैदान, क्षेत्र नम्बर–२ को गल्कोट हटिया र क्षेत्र नम्बर–३ को बूर्तिवाङ बजारमा एकै पटक छनौट खेल सुरु भएको हो ।

बागलुङ सदरमुकाम बांगेचौरमा भएको छनौट खेलमा ८ मिटरमा छात्र दौड तर्फ न्युएभरेष्टका सुनिल नेपाली प्रथम, सिगाना माविका सञ्जिव सुवेदी द्धितीय र त्रिभुवन मावि गणेश दर्जी तृतीय भएका थिए भने छात्रा तर्फ सिगाना माविका सविना जिसी प्रथम, गणेश माविकी सुप्रिया विक द्धितीय र जनताधन माविका दिपा शर्मा तृतीय भएकी थिईन ।

१५ सय मिटर छात्र दौडमा सिगाना माविका शक्ति खत्री प्रथम, न्यु एभरेष्टका सुनिल नेपाली द्धितीय र जनशिक्षा मावि अर्जेवाका रोहन खडका तृतीय भएका थिए । छात्रा तर्फः जनताधन माविका दुर्गा शर्मा प्रथम, गणेश माविका सुप्रिया विक द्धितीय र त्रिभुवन माविका सुप्रिया परियार तृतीय भएको जिल्ला खेलकुद विकास समतिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए ।

फिल्ड तर्फको सटफुट प्रतियोगीता अन्तर्गत छात्र तर्फ न्युओसिस एकेडेमीका सुरज कुँवर प्रथम, चिल्डेनलाईफका दिवस बुढाथोकी द्धितीय र न्यू एभरेष्टका सुनिल थापा तृतीय भएका थिए । छात्रा सटफुट तर्फ धौलागिरी बहिरा विद्यालयकी तिलदेवी गर्वुजा प्रथम, तितौरे माविका अनिता कार्की द्धितीय र गणेश माविमा सुष्मिता सुनार तृतीय भएकी थिईन ।

हटियामा आयोजित छनौट खेल प्रतियोगिता / तस्वीर- बालकृष्ण सुवेदी, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *