आजको तस्वीर : अजब नेपालको गजब बागलुङ !

बागलुङ २०७४ चैत ६ । कालिका भगवती मन्दिर रहेको विशाल जंगल परिसरमा कुनै न कुनै बेला केहि न केहि नयाँ नयाँ कामहरु भैरहेको देख्न पाईन्छ । यस्को पछिल्लो उदाहरण बनेको छ राते (मृग) । कालिका भगवतीको दर्शन गर्न आउने श्रद्धालुहरुले केहि दिन देखी एउटा राते (मृग) लाई तारजालीले बेरेको खोरमा हेर्न पाएका छन् । कालिका भगवतीको जंगललाई वन्यजन्तु संरक्षण पार्क (मिनी जू) अर्थात सानो सानो चिडिया खाना बनाउने पहिलो प्रयास स्वरुप राते मृगलाई २३ नं बाहिनी अड्डाको सहयोगमा ल्याईएको बताईएको छ ।


एसराजु खड्काले आफ्नो फेसबुक वालमा तारजालीको बारभित्र राखिएको राते (मृग) को तस्वीरलाई पोष्ट गरेर यहि कुरालाई ईंगित गरेका छन् ।

‘वन्यजन्तु संरक्षण पार्क’ योजना मुताबिक निकट भविष्यमा यस मनोरम जंगलमा चितुवा, मृग, कालिज, मयुर, चित्रा पशुपंक्षीको संरक्षण गरिने योजना रहेको समाचारले कालिका भगवतीको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई निश्चयपनि जंगलमा चितुवा, राते, मृग अनि थुप्रै प्रजातिका पंक्षीहरु हेर्न देख्न आशा पलाएको हुन सक्छ ।

न्याउली, चिबे, चाँचर, जुरेली भद्राई, काफल पाक्यो, लामपुच्छरे जस्ता चराचुरुंगीहरु देख्न छोडिएको अवस्थामा कालिका भगवतीको विशाल क्षेत्रफलमा फैलिएको जंगलमा कालिज, मयुर, चित्रा जस्ता चराहरु देख्न पाउनु अर्कोतिर स्याल र फ्याउरा कराएको आवाज सुन्न छाडिएको पछिल्लो समयमा जंगलमा चितुवा, राते जस्ता जंगली जनावरहरु उफ्रेको हेर्न पाउनु गजब नै मान्नु पर्छ ।

स्वच्छन्द रुपमा विचरण गर्ने पशुपंक्षीहरुलाई राते (मृग)लाई जस्तै एउटा खोरमा थुनेर भएपनि कालिका भगवतीका श्रद्धालुभक्तहरुलाई चिडिया खानाको सुख सुविधा उपलव्ध गराउनु पनि त पुण्यकार्यमा पर्छ होला । झण्डै ५ सय वर्ष पहिले कालिका भगवतीका पुजारी खड्काहरुले मन्दिर परिसरमा सल्ला र सालका बोटहरु यसैकारणले लगाएका होलान भन्न प-यो । जावलाखेल किन ? चिडियाखाना त बागलुङमै बन्ने भो !अजब नेपालको गजब बागलुङ !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *