Menu

भगवती मन्दिर जाने सिँडी निर्माणको अनुगमन

विजय राना कुस्मीसेरा २०७४ चैत ६ । जैमिनी नगरपालिकामा पर्ने भगवती मन्दिरको सिमेन्टेड सिँडी निर्माण कार्यको अनुगमन गरिएको छ ।

जैमिनी नगरपालिका वडा न. ४ का अध्यक्ष चक्रबहादुर थापाको नेतृत्वले निर्माण कार्यको अनुगमन गरेको हो । अनुगमनका क्रममा सर्कुवा–राङखानी मोटरबाटो देखि मन्दिर सम्म जोड्ने सिमेन्टेड सिँडीको निर्माण कार्य ३३ प्रतिशत सम्पन्न भएको पाइएको छ । यही चैत महिना भित्र सक्ने गरि काम गरिएको बताइएको छ ।

सिँडी निर्माणको लागि जैमिनी नगरपालिकाले ३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *