Menu

प्रवास : बागलुङ सेवा समाजले चैतदशैँको अवसरमा बहराईनमा वनभोजको आयोजना गर्ने !

बहराईन २०७४ चैत ६ । विकसिलता सृजनशीलता बागलुङको आवश्यकता सभ्य समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यवद्धता भन्ने मुल नाराका साथ सन २०१३ मा स्थापना भएको बागलुङ सेवा समाज बहराईन विभिन्न सामाजिक सेवामा समर्पित रहदै आएको संस्था हो ।

भै परि आएका बिपत्तिहरुमा पीडित बनेकाहरुलाई सहयोग गर्दै आएको यस बागलुङ सेवा समाजले आगामी चैतदशैँको पावन अवसरमा बृहत् वनभोजको आयोजना गरी बहराईनमा रहेका सम्पूर्ण बागलुङवासीहरुवीच भावनात्मक एकता स्थापित गर्ने प्रयास गरिएको समाजका अध्यक्ष ओम पुनलेल ईबागलुङलाई बताए ।

आगामी मार्च ३० मा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुन सबै बागलुङवासीलाई आमन्त्रण गरिएको बताउदै समाजका महासचिव भोव कुवँरले यहि मार्च २५ सम्म आफनो सिट सुरक्षित गर्न आग्रह गरिएको बताए ।

वनभोज कार्यक्रम बहराईनको बुदिईया बारबारमा बिहान १० बजे आयोजना गरिएको समाजका सचिव दिपेन्द्र कुँवरले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *