लम्फुको दोश्रो गीत रिलीज, मरिश्का परिन कबिरको मायामा

डिल्ली हुमागाई,युएई २०७४ चैत ६, (२० मार्च २०१८) । नेपाली चलचित्र ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परेँ म’को भिडियो रिलीज भएको छ । यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् ।२०७५ बैशाख २८ मा रिलीज हुने ‘लम्फू’को यस गीतमा नायिका मरिश्का पोखरेल र नवनायक कबिर खड्काको अभिनय रहेको छ। यस गीतका कोरियोग्राफर शिव विक हुन् । गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा झापा दमक ५ निवासी नवनायक कबिर खड्काका लागि यो डेब्यु नै फिल्म हो । झापाको दमकस्थित सूर्योदय अंग्रेजÞी स्कूलमा अध्ययन गरेका कबीरले फिल्म कलेज ओस्कार इन्टरनेशनलबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् । कबीरको साथमा यस फिल्ममा मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय देख्न पाइन्छ ।

चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ’लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *