मोदी गापाकी उपाध्यक्ष सेती महतले अध्यक्ष र अधिकृतमाथी लगाईन मनोमानीको आरोप !

महेन्द्र केसी, पर्वत २०७४ चैत ६ । मोदी गाउँपालिकामा अध्यक्ष र कार्यकारी अधिकृत मिलेर एकलौटी मनोमानी गरेको उपाध्यक्ष सेती महतले गम्भीर आरोप आरोप लगाएकी छन् । गाउँपालिकामा आफ्नो कुनै मुल्याङ्कन नभएको आक्रोश व्यक्त गर्दै उपाध्यक्ष महतले अध्यक्ष प्रेम पौडेल र कार्यकारी अधिकृत कुमानसिंह गुरुङले एक लौटी रुपमा निर्णय गर्ने, निर्णय लुकाउने र आफ्नो कुनै पनि कदर नगर्ने, बताईन् ।

गाउँपालिकामा के हुन्छन्, के गरिदैछ त्यसको बारेमा मलाई कुनै जानकारी दिईदैन । कता थाहा पाउली की भन्ने डर उनिहरुमा छ र निर्णयहरु लुकाउने दबाउने गर्छन् । महिला हो यसले केहि गर्न सक्दिन भन्ने अध्यक्ष र कार्यकारीलाई भ्रम छ । तर आफ्नो अधिकारको खोजीमा लागिरहने उनको भनाई थियो ।

राज्यले महिलाहरुलाई अधिकारसम्म गराएको छ । कानूनले पनि महिलाहरुलाइ अधिकार दिएको छ । गाउँपालिकाको उपाध्यक्षको हैसियतले गाउँपालिकामा हुने हरेक कुराको जानकारी पाउने हक मसँग छ तर अध्यक्ष र कार्यकारीले लुकाउँछन् उनले भनिन् ।
उहाँहरु के गर्नुहुन्छ त्यसको बारेमा केहि जानकारी दिईन्न । अनुगमन समितिको जिम्मेवारी ममा छ तर मैले आफ्नो अधिकार प्रयोग गर्न पाएकी छैन । मेरो अधिकारलाई कुण्ठित पार्न खोजिएको छ उनको आक्रोश थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *