एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा : परीक्षामा ५ हजार ४ सय १३ विद्यार्थी सम्मिलित हुँदै

डम्मर बुढा मगर बागलुङ २०७४ चैत ६ । यहि चैत ८ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जिशिअ गुरुप्रसाद पौडेलले जिल्ला शिक्षा कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिँदै आज साँझसम्ममा ३१ ओटै परीक्षा केन्दहरुमा परीक्षा सामाग्रीहरु पुराई सक्ने बताए ।
यस वर्ष जिल्लाका १३९ ओटा विद्यालयका ५ हजार ४ सय १३ जना विद्यार्थी परीक्षामा सम्मेलित हुँदै छन् । परीक्षामा नियमित तर्फ सामुदायिक विद्यालयका १ हजार ९ सय ५० छात्र, २ हजार ३ सय ९३ छात्रा गरि ४ हजार ३ सय ४३ जना, संस्थागत तर्फ ५ सय १० छात्र र ३ सय २ छात्र गरि ८ सय १२ जना विद्यार्थी रहेका छन् । त्यसैगरी प्राविधिक धार तर्फका १ सय ३८ र एक्जाम्टेड तर्फका १ सय २० जना विद्यार्थीले परीक्षा दिने छन् ।

यस वर्ष सबै भन्दा बढी विद्यार्थी विद्या मन्दिर माध्यमिक विद्यालय बागलुङ र सबै भन्दा कम विद्यार्थी धारा माध्यमिक विद्यालय तंग्राममा रहेका छन् । विद्या मन्दिर माध्यमिक विद्यालयमा ४ सय ५ जना विद्यार्थीले परीक्षा दिने छन् भने धारा माध्यमिक विद्यालयमा ४६ जना विद्यार्थीले दिदैछन् ।

यस वर्ष प्राविधिक तर्फ ५ विद्यालयका १ सय ३८ जना विद्यार्थी परिक्षामा सहभागी हुँदै छन् । उनीहरु सबैले विद्या मन्दिर माध्यमिक विद्यालय केन्द्रबाटै परिक्षा दिने छन् भने एक्जाम्प्टेड तर्फ का सबै विद्यार्थीहरुले पनि यहिबाट दिने भएका छन् भने सबै एक्जाम्प्टेड तर्फका विद्यार्थीहरुले पनि यसै केन्द्रबाट दिने भएका छन् ।

परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहीत बनाउनका निम्ती माध्यमिक शिक्षा परीक्षा समन्वय समिति बागलुङले ३१ ओटा केन्द्रमा ३१ जना केन्द्राध्यक्ष, ३३ जना सहायक केन्द्राध्यक्ष, २ सय ३८ जना निरिक्षक, १ सय २३ जना सहयोगी कर्मचारी, ४ सय ६५ जना सुरक्षाकर्मीहरु र जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख, समन्वय समितिका पदाधिकारी, स्थानीय निकायका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुख, शिक्षा अधिकृत, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु, विद्यालय निरिक्षक स्रोत व्यक्ति, पत्रकारहरुलाई परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी पौडेलले बताए ।

यो परीक्षा जिल्ला शिक्षा कार्यलयबाट संचालन हुने अन्तिम परीक्षा भएको पौडेलको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *