Menu

मुलपानी स्वास्थ्य चौकीमा व्यवस्थापन समिति गठन !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ६ । बागलुङ नगरपालिका–७ मुलपानी स्वास्थ्य चौकीमा सोमबार नवजात शिशु तथा बालबालिका रोगको एकिकृत व्यवस्थापन अभिमुखिकरण तथा स्वास्थ्य चौकीको संचालक तथा व्यवस्थापन समितिको गठन गरिएको छ । स्वास्थ्य मन्त्रालयको नीति निर्देशन अनुसार समिति गठन गरिएको छ ।

समितिको संरक्षकमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, अध्यक्षमा बागलुङ नगरपालिका–७ का अध्यक्ष खगराज पाण्डे, सदस्यहरुमा विश्वकर्मा माविका प्रअ युगेन्द्रप्रसाद खनाल, व्यवसायी विकास विश्वकर्मा, मुलपानी स्वास्थ्य चौकीकी सिनीयर अहेव संगीता थापा रहेका छन् । अरु थप ३ जना सदस्य नगरप्रमुखले मनोनित गर्ने भएको छ ।

कार्यक्रमको सो अवसरमा सुआहाराबा फिल्ड सुपर भाईजर रेशम नेपालीले अभिमुखिकरणको लक्ष्य र उदेश्यको बारेमा जानकारी गराएका थिए भने मुलपानी स्वास्थ्य चौकीकी सिनीयर अहेव संगीता थापाले नवजात शिशु तथा बालबालिका रोगको एकिकृत व्यवस्थापनको बारेमा जानकारी गराएकी थिईन् ।
त्यस्तै सो कार्यक्रममा स्थानीय धामी झाँक्रीहरुलाई समेत कार्यक्रममा सहभागी गराएर उनीहरुलाई आफु कहाँ आएका बिरामीलाई झार फुक पछि स्वास्थ्य चौकीमा जान सल्लाह दिन भनिएको थियो ।

कार्यक्रम समाज सेवी खुमबहादुर क्षेत्रीको अध्यक्षता, वडा अध्यक्ष खगराज पाण्डेको प्रमुख आतिथ्यता, सिनीयर अहेव सोमराज पाण्डेको स्वागत मन्तव्य र मुलपानी स्वास्थ्य चौकी प्रमुख तथा सिनीयर अहेव संगीता थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *