बुटवलबाट बुर्तिवाङ आउँदै गरेको यात्रु बाहक रात्रि बस दुर्घटना : एक महिला बेपत्ता, दर्जन घाइते !

झरना कँडेल, बुर्तिवाङ २०७४ चैत ६ । बुटवलबाट बुर्तिवाङ आउँदै गरेको यात्रु बाहक रात्रि बस दुर्घटना भएको छ । लु १ ख ७४३९ नंबरको यात्रुबाहक रात्रिवस आज विहान ४ बजेर १५ मिनेट जाँदा बुर्तिवाङ नगरपालिका १ खप्तरीवाङ गरगरेदेखी २५ मिटर तल बडीगाड खोलामा खसेर दुर्घटना भएको घटनास्थलबाट प्रत्यक्षदर्शी ओम प्रकाश सापकोटाले ईबागलुङलाई बताए ।

‘म अघिल्लो गाडीमा थिएँ, पछीपछी आएको उक्त यात्रुबाहक बस एक्कासी बडीगाड खोलामा खसेको आवाज आयो, उनले भने, बसमा यात्रा गरिरहेकी एक बृद्ध महिला सम्पर्कमा छैनन् अन्य करीब १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको छ ।’

‘१७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालयको भ्यानमा राखी बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याई सकिएको’ ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानाकारी दिए । घाईते यात्रुहरु मध्य एक जनाको शिरमा चोट लागेको उनले बताए ।

उता बुर्तिवाङ स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रितु पौडेलका अनुसार घाईतेहरु मध्य दुईजनाको अवस्था केहि नराम्रो देखिएपनि अन्यको अवस्था सामान्य रहेको छ । उपचारार्थ स्वास्थ्य केन्द्रमा रहेका अधिकाँश यात्रुहरुले बस ड्राईभरले नचलाएर कण्डक्टरले चलाएको बताएका छन् ।

अपडेट: बेपत्ता महिला मृत फेला

बेपत्ता महिलाको शव दुर्घटनास्थल देखी करीब २ सय मिटर तल बडीगाड खोेलामा भेटिएको प्रहरीले जानकारी दिएकोछ । मृतक महिला तमानखोला गाउपालिका ३ की वर्ष ८४ की कुमारी बुढा भएको प्रहरीले जानकारी दिएको छ ।
***
उद्धारकार्यमा प्रहरी

राजु आचार्य, बुर्तिवाङ
***
मृतकको शव निकाल्दै प्रहरी


मृतक महिलाको शव तान्दै प्रहरी निरीक्षक कृष्ण रानामगर ।
दिनेश शर्मा पौडेल, खर्वाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *