Menu

बडीगाड- ७ थाममा घैँटोमा पानी सकियो ! गाउँवासी काकाकुल बन्दै !

बिमल खड्का बागलुङ २०७४ चैत ५ । गर्मी बढे सगै पानीका मुहान यति बेला जहाँ कतै पनि सुकिरहेका छन। पानीको मुहान सुकेपछि चैतमासमा प्रयाप्त पानी उपयोग गर्न नसकिरहेको अवस्थामा बडीगाड गाउँपालिका ७ थाममा स्थानीयले बर्ष भरि जम्मा गरि संकलन गरेको पानी यति बेला सकिएको छ ।

वर्षा याममा घरको छानाबाट संकलन गरी राखेको पानी यति बेला सकिएसगै जीवनमा नभईनहुने पदार्थ पानीको खड्को परेको छ । स्थानीय सूर्य थापाका अनुसार बर्खा याममा संकलन गरी राखेको पानी ६ महिना सम्म जनतन पुगेपनि बाकी ६ महिना तल्लो गाउँ म्यालपोखरी भन्ने स्थानमा पुगेर पान िओसार्नु पर्छ । उनले भने, त्यहाँस पुग्न आधा घण्टा लाग्छ, पुगेपनि धेरै घर परिवार भएकाले पालो कुर्दा घण्टौँ समय लाग्ने र पिठ्युूमा बोकेर ल्याएर गुजारा चलाएका छौ ।

संकलन गरि राखेको पानी पिउदा रुघाखोकी, झाडा पखाला लगाएतका समस्या देखापरेको छन । चुनावका बेला बिभिन्न पाटीका नेताहरु आएर पानी ल्याईदिन्छु मोटर बाटो खनिदिन्छु भनेपनि अहिले जिते पछि चुनावी एजेन्डा भुलेर आफ्नै दुनो सोजाउन लागेको गुनासो गरे।

पर्यटकीय हिसाबले पनि हराभरा भएको ठाउँ थामचौरमा धौलागिरी हिमाल माछापुच्छ्रे हिमाल लगाएतका हिमाल तथा मनमोहक दृश्यले मानिसहरू आकर्षित गर्ने गरेपनि पानीको अभाव र त्यस ठाउँ आझेलमा परेकाले बाह्य तथा आन्तरिक पर्यटकहरूको खासै रोजाईमा परेको छैन । समुन्द्री सतह भन्दा धेरै माथी भएको हुनाले पानीको मुहान नजिकै नहुनु र आर्को ठाउँबाट बैकल्पिक उपाय नखोज्दा पानीको समस्या हुने गरेको स्थानीयको भनाइ छ। स्थानीहरुले बाख्रा , भेडा, भैंसी ,बर्षेनी आलु उत्पादन नाङ्लोको डोको डालो बुनेर आफ्नो दैनिकी बिताएका छन । सबै किसिमले हरियाली थाम गाउँ भएपनि ओझेलका कारण पर्यटकहरुको गन्तव्य स्थान नहुनु स्थानीयहरुको पीडाको बिषय बनेको छ । चुनाव ताका पैदलमार्ग हुँदै पर्यटकीय क्षेत्र बनाउने चुनावी एजेन्डा भएपनि अहिले चुनाव जिते पछि ती एजेन्डाहरु ओझेलमा पर्दै गएको जानकारहरु बताउँछन।

आलुको पकेट उत्पादन, नाङ्लो, डोका,डालो,जडिबुटीको हिसाबले राम्रो ठाउँ भएकाले चुनावका बेला मात्रै जनताको भोट तान्ने फर्मुला नबनाई स्थानीय तह देखि केन्द्रीय तहका नेताहरुले दीर्घकालिन बिकासमा ध्यान दिने जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *