काठेखोलामा १० दिने खानेपानी मर्मत सम्भार तालिम शुरु

कोपिला कंडेल, बागलुङ २०७४ चैत ५ । काठेखोला गाउंपालिका अन्तर्गत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना बागलुङको आयोजनामा काठेखोला गाउंपालिका २ मा १० दिने खानेपानी योजना मर्मत सम्भार कार्यकर्ता तालिम आजदेखी शुरु भएको छ ।

तालिमको उद्घाटन काठेखोला गाउंपालिका अध्यक्ष अमर बहादुर थापाले गरेका थिए । उद्घाटन पछि बोल्दै थापाले योजनालाई दिगो बनाउनका लागि मर्मत सम्भार कार्यकर्ताको भुमिका महत्वपुर्ण हुने बताए । बिकास निर्माणका बिभिन्न चरण मध्य खानेपानी तथा सरसफाईको ब्यवस्थापनलाई स्थानिय निकायले बिशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा काठेखोला गाउंपालिकाका वास युनिट प्रमुख चुर्ण बहादुर कार्कीले खानेपानी तथा सरसफाई परियोजनालाई प्रभावकारी ढंङ्गले अगाडी बढाउनका लागि मर्मत सम्भार कार्यकर्ताले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने भन्दै तालिमलाई भरपुर उपयोग गर्न आग्रह गरेका थिए । कार्यक्रमको उद्देश्य बारे वास सल्लाहकार रितु प्रसाद चौलागाईले प्रकाश पारेका थिए ।

धपासा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष सोम बहादुर किसानको अध्यक्षता र काठेखोला गाउंपालिकाका वास संयोजक मणिभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।

तालिममा जैमुनी तथा गल्कोट नगरपालिका, काठेखोला, बरेङ्ग, र निसीखोला गाउंपालिकाका खानेपानी योजनाका मर्मत सम्भार कार्यकर्ताले सहभागिता जनाएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *